Banner

हर्क चाम्लिङको “जवानी लिलाम भो” (भिडियो सहित)

 

मकै हाउस टिभी एण्ड न्युज, 
न्युयोर्क । गायक हर्क चाम्लिङको स्वरमा नयाँ सांगीतिक कोसेली  ‘जवानी लिलाम भो’ युट्युब मार्फत सार्वजनिक भएका छन् । 

गायक चाम्लिङको स्वर रहेको “जवानी लिलाम भो” मुनाल शिशिर कोइरालाले लेखेका हुन् । वसन्त सापकोटाको संगीत रहेको गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । 

देवी राईको निर्माणमा तयार भएको यस् भिडियोमा अहिलेको बर्तमान राजनितिक अवस्थालाई काल्पनिक ढंगबाट चित्रण गर्न खोजिएको भिडियोको कथाकार र निर्देशन मुनाल शिशिर कोईरालाले गरेका हुन् । 

Screenshot

कलाकारद्वय दिक्पाल कार्की,अस्मिता जुरेली, जी.वी. चिरन, चिरन्जीवी सापकोटा, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको भिडियोको छायाँकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अर्जुन पोखरेलले  गरेका हुन् ।

भिडियो गायक चाम्लिङको अफिसियल युट्युव च्यानल ‘हर्क चाम्लिङ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

 

Loading...