
बेलायती पप गायक लियाम पायनेको होटलको तेस्रो तल्लाबाट खसेर मृत्यु
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । बेलायती पप गायक लियाम पायनेको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर मृत्यु भएको छ ।
सन् १९९३ मा जन्मिएका बेलायती गायक लियामको ३१ बर्षको उमेरमा होटलको तेस्रो तल्लाको कोठाको बालकनीबाट खसेर मृत्यु भएको स्थानिय प्रहरीले जनाएको छ ।

कुनै समयको चर्चित युवा पप सांगितिक ब्याण्ड “वन डाईरेक्सन”का पुर्ब सदस्य समेत रहेका लियाम ब्यान्डका पूर्वसहकर्मी नियाल होरानको सांगीतिक समारोहमा सहभागी हुन दुई साताअघि मात्र ब्युनस आयर्स पुगेका थिए ।