Banner

हिमालयन स्ट्रिट फेस्टिभल “हाम्रो मेला ३” शनिबार न्युयोर्कको ज्याक्सन हाईट्समा

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । हिमालयन स्ट्रिट फेस्टिभल “हाम्रो मेला”को तेस्रो संकरण यही आउदो शनिबार न्युयोर्कको ज्याक्सन हाईट्समा हुने भएको हो । 

आगामी अक्टोबर १९,२०२४ शनिबार बिहान ११ः०० बजे देखि सॅाझ ६ः०० बजे सम्म क्विन्सको ज्याक्सन हाईट्स ७६ स्ट्रिटको रोजभेल्ट एभिन्यू र ब्रोडवेको मार्गमा तेस्रो पटक हिमालयन स्ट्रिट फेस्टिभल “हाम्रो मेला ३” हुन लागेको हो ।

 

हाम्रो मेला ईंक (निमा (निम्जी) शेर्पा, ओम (गोर्खाली) गुरुंग, दिपेन्द्र लामा र केशब राम राई)को आयोजनामा हुन लागिरहेको हाम्रो मेला ३ मा ५० भन्दा बढी नेपाल झल्कने र पहिचान हुने नेपाली खानाको परिकार, नेपाली लत्ता कपडा, गरगहना र बिभिन्न प्रकारको नेपान पहिचान हुने सामग्रीको स्टल राखिने भएको छ । र साथै तिहारलाई अवसर पारी हुन लागिएको यस् मेलामा बिबिध सांस्कृतिक कार्यक्रम, गायन, नृत्य र डिजे मस्ती समेत हुने भएको हो । 

मिस कस्मोपोलिटन वर्ल्ड २०१९, मोडल, कोरियोग्राफर तथा मिडिया पर्सनालिटी प्रिया रानी लामा र मकै हाउस सामुदायिक मिडिया (टिभी एण्ड न्युज) का संस्थापक तथा मिडिया पर्सनालिटी बिक्की पुलामीले संयुक्तरुपमा होस्ट गर्ने मेलाको सह-प्रायोजक भने क्विन्स बोरो प्रेसिडेन्ट डोनोभान रिचार्डको कार्यालय र न्युयोर्क राज्य बिधानसभा सदस्य स्टेभन रागाको कार्यालयको संयुक्त रहने भएको छ । भने टाम एण्ड कम्पनी, ठमेल न्युयोर्क, व जी कन्सल्टिंग, मोक्तान प्रोपर्टिज, अपटप न्युयोर्क, भिडिएस ईन्नोभेसन, फाएबल कन्सल्टिंग, ग्रिन ईन्टरनेशनल क्लब, आठ हजार आठ सय अर्चालिस न्युयोर्कको  प्रायोजन र ग्रेटर न्युयोर्क नेपाली च्याम्बर्स अफ कमर्स, न्युयोर्क नेपाली कामपोष्ट र च्याम्पियन मार्सल आर्ट्सको संयुक्त सहयोगार्थमा कार्यक्रम हुन लागेको हो । 

 

 

Loading...