Banner

का.म.न.पा. द्वारा साफ उप-विजेता नेपाली खेलाडीलाई नगद रु.२५ लाख प्रदान

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । काठमाण्डौ महानगरपालिकाले भर्खरै सम्पन्न सातौ साफ च्याम्पियनशिपका उप-विजेता टोली नेपाली खेलाडीहरुलाई नगद रु. २५ लाख नगद प्रदान गरेको छ । 

काठमाण्डौ महानगरपालिकाले भर्खरै सम्भन्न भएको सातौ महिला साफ च्याम्पियनशिपको फाईनल खेलमा बंगलादेश बिरुद्ध १-२ को बिरुद्ध हार ब्यवहोर्दै उपविजेता बनेका नेपाली खेलाडीहरुलाई नगद रु. २५ लाख महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र उप-प्रमुख सुनिता डंगोलको सामुहिक हातबाट प्रशंसा पत्र र नगद रु. २५ लाखको चेक हस्तान्तन्तरण गरेको छ । 

महानगर प्रमुख शाहले आफ्नो सामाजिक संजालमा तस्विर पोष्ट्याउदै लेखेका छन् :- “पराजित भएरपनि देशलाई जोड्ने खेलाडी हरुलाई हार्दिक हार्दिक बधाइ ।नेता ले टुक्राएको देशलाई सधै यसरी नै जोड्ने काम गरि राख्नु होला ।” 

 

Loading...