
राहदानी विभाग, तथ्याङ्क व्यवस्थापन प्रणालीमा समस्या, न्युयोर्क स्थित महाबाणिज्यदुतावासबाट पुन: बायोमेट्रिकको लागी सम्पर्क गर्न आग्रह
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । राहदानी विभाग, काठमाडौंको तथ्याङ्क व्यवस्थापन प्रणालीमा समस्या देखिएपछी न्युयोर्क स्थित महाबाणिज्यदुतावासबाट प्राप्त गरिरहेको राहदानी सेवामा समेत नकारात्मक असर परेको छ ।
महाबाणिज्यदुतावासको कार्यालयले सुचना जारी गर्दै उक्त जानकारी गराएका हुन् । सुचना प्रकाशित गर्दै महाबाणिज्यदुतावासको कार्यालयले बायोमेट्रिकका लागि नोभेम्बर महिनाको २१-२७ सम्मको Appointment लिएका सेवाग्राहीहरुलाई आफूलाई उपयुक्त हुने नयाँ मितिका लागि महावाणिज्यदूतावासको इमेल ठेगाना cgnny.consul@gmail.com मार्फत जानकारी गराउन पनि अनुरोध गरेको छ ।
न्युयोर्क स्थित महाबाणिज्यदुतावासको कार्यालयले जारी गरेको सुचना यहा तल राखिएको छ ।
“राहदानी विभाग, काठमाडौंको तथ्याङ्क व्यवस्थापन प्रणालीमा देखिएको समस्याका कारण यस महावाणिज्यदूतावासले प्रदान गर्ने राहदानी सेवा समेत केहि दिनदेखि अवरुद्ध भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति महावाणिज्यदूतावास क्षमाप्रार्थी छ। राहदानी विभागबाट सो समस्या समाधान भएको सूचना प्राप्त भएपश्चात राहदानी नविकरण कार्य नियमित रुपमा सूचारु हुने समेत जानकारी गराइन्छ।
यस नियोगमा बायोमेट्रिकका लागि नोभेम्बर महिनाको २१-२७ सम्मको Appointment लिनुभएका सेवाग्राहीहरुले आफूलाई उपयुक्त हुने नयाँ मितिका लागि महावाणिज्यदूतावासको इमेल ठेगाना cgnny.consul@gmail.com मार्फत जानकारी गराउनहुन अनुरोध छ।
नेपाली महावाणिज्यदूतावास,
न्यूयोर्क
२३ नोभेम्बर २०२४”
