
मिन्नेसोटाबाट उडेको जहाज टोरन्टोको पियरसन विमानस्थलमा हिउँमा चिप्लिएर दुर्घटना, १८ जना घाइते
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । मिन्नेसोटाको मिनियापोलिस-सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा उडेको जहाज टोरन्टोस्थित पियरसन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । चालक दलका सदस्यसहित ८० यात्रु रहेको विमान हिउँमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

डेल्टा एयरलाइन्सको बम्बार्डियर सीआर जे ९०० विमान
मिनियापोलिस-सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलबाट टोरन्टोमा अवतरण गर्ने क्रममा ७६ यात्रु र ४ जना चालक दलका सदस्य गरी ८० जना सवार जहाज दुर्घटनामा परेको हो । जसमध्ये १८ जना घाईते भएको छ । भने तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।