
न्युयोर्क नेपाली समुदायको संयुक्त “ब्लड ड्राईभ ईभेन्ट” बृहतरुपमा हुदै
मकै हाउस मिडिया, सबिन चन्द ठकुरी
न्युयोर्क । न्युयोर्क नेपाली समुदायको संयुक्त “ब्लड ड्राईभ” रक्तदान कार्यक्रम क्विन्समा हुने भएको छ ।
न्युयोर्क ब्लड सेन्टरको सहकार्य र क्विन्स बुद्ध लायन्स क्लब, एनआरएनए अमेरिका, जमैका नेपाली समाज, बाग्लुंग सेवा समाज, तमु परिवार न्युयोर्क, गाम मुभमेन्ट, नेप्लिज अमेरिकन नर्सेस एसोशिएसन, नेप्लिज अमेरिकन ल ईन्फोर्समेन्ट, रिजवुड नेप्लिज सोसाईटी, माईनोरिटी ईम्पावरमेन्ट कम्युनिटी र ब्लड ड्राईभ कमिटी- लायन्स क्लब्स इन्टरनेशनल, डिस्ट्रिक्ट २०-के१ को संयुक्त आयोजनामा निम्न मिती, समय र स्थानमा संयुक्त रक्तदान कार्यक्रम हुन लागिएको हो ।
मिती :- सेप्टेम्बर २८, २०२५ (आईतबार)
समय :- बिहान ११:०० बजे देखि सॅाझ ५ः०० बजे सम्म
स्थान :- 8801 Queens Blvd, Elmhurst, NY 11373 (Target Mall)
अन्य जानकारीको लागी राखिएको फ्लाएरमा हेर्नुहोला ।

