Banner

न्युयोर्कमा किरात राईहरुको महान चाड बलिहाङ्को अवसरमा देउसी भैलो खेलेको छ ।

 

मकै हाउस मिडिया, केशव राम राई

न्युयोर्क । गत अक्टोबर १७,२०२५ सॅाझ (UKROA ) united Kirat Rai organization of America ,Yayokhkha New york Chapter ले अमेरिकाको न्युयोर्कमा किरात राईहरुको महान चाड बलिहाङ् चाडको सुखद उपलक्ष्यमा देउसी भैलो कार्यक्रम अध्यक्ष Arun Rai को अध्यक्षतामा मनाएको छ । कार्यक्रम न्युयोर्कको ज्मायाक्सन हाईट्समा  सम्पन्न भएको थियो ।

अध्यक्ष  अरुण राईले सहभागी सबैलाई उपस्तिथि भइदिएकोमा सबैजनालाई धन्यवाद दिदै बलिहाङको शुभकामना दिएका थिए। कार्यक्रममा UkROA New york chapter को वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघ अमेरिकाका अध्यक्ष Basanti Rai ले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि जनजाती महासंघ नेपालको पुर्व उपाध्यक्ष डण्डु ढोक्प्या हुनु हुन्थ्यो । प्रमुख अतिथी ढोक्पाले बलिहाङको शुभकामना दिदै नेपालमा पिछडिएका समुदायको हकहित,अधिकार,भाषा,धर्म,संस्कार,संस्कृती संरक्षणको लागि सरकारले अझै पनि बेवास्ता गरि आवश्यक सहयोग नगरेको बताउनु भयो। त्यसै गरि आवश्यक सहयोग नगरेको बताउनु भयो।त्यसै गरि जति अधिकार पाएको छ। आज सम्म संसार भरी छरिएर बसेको आदिवासी जनजातीको आन्दोलनको उपलब्धि हो भन्नू भयो।

कार्यक्रमको विशेष अतिथी (फिप्ना) आदिवासी जनजाती महासंघ अमेरिकाको president Toran Gurung ले बलिहाङको विषयमा बर्णन गर्नु भयो र उपस्तिथि सबैलाई बधाई तथा शुभकामना दिनुभयो ।

“हामी नेपाली ग्लोबल” का वरिष्ठ उपाध्यक्ष तथा Dil kumari Foundation का संस्थापक नवराज केसिलेले न्युयोर्क जस्तो ब्यस्त ठाउँमा आफ्नो ब्यस्तताको बाबजुद पनि सबैले समय दिएर रमाइलो गरि बलिहाङ दिपावली मनाएकोमा सबैलाई बधाई तथा शुभकामना दिनुभयो। यसै गरि FiPNA को वरिष्ठ उपाध्यक्ष Pema Lama FiPNA को क्षेत्रीय उपाध्यक्ष पुर्ण मगर FiPNA को Women vice president र UKRoA New york chapter को निवर्तमान president र UKROA Central general secretary Mamata
Khaling Rai ले उपस्थित सबैलाई बलिहाङको शुभकामना दिदै कविता सुनाउनु भएको थियो ।बलिहाङको बिषयमा साथै कार्यक्रममा नेपालको राष्ट्रिय कलाकार तथा Gobind Dance Centre का Foundar Gobind Rai , UKROA का Past central president Prabhakar Rai Martial Arts association का founder Parkhi Khaling Rai तथा FiPNA को कोषाध्यक्ष Krishna Maharjan. Kirat Yakthung, Chumlung, USA का Central president Puran Limbu. Heavenly path USA का पुर्व Central president Suku Lamdali Rai लगायत विभिन्न संघसंस्थाबाट पनी कार्यक्रममा उपस्थित थियो । यसै कार्यक्रम को अवसरमा नयाँ चार सदस्यहरु लाई स्वागत गरीयो र कलाकार अनिसा राई र नबिना लिम्बुले सुन्दर निर्त्या प्रस्तुत गरि मनोरञ्जन गराएका थिए । र सो कार्यक्रम UKROA New York chapter महासचिव Sirjana Rai ले सञ्चालन गर्नु भएको थियो ।

 

 

Loading...