Banner

मृतक धन ब. ठकुरीको दाह संस्कारको निमित्त गो फण्डमी मार्फत सहयोग पुर्याउन एनआरएनए न्युयोर्क च्याप्टरको आग्रह

मकै हाउस मिडिया, 
न्युयोर्क । गत फेब्रुवरीमा ज्यान गुमाएका ४१ बर्षिय धन बहादुर ठकुरी (प्रशान्त) को दाह संस्कारको निमित्त गैर आवासिय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टरले “गो फण्ड मी” को माध्ययमबाट सहयोग पुर्याउन आव्हान गरेका छन् । 

“न्युयोर्क शहरमा गएको आठ महिनादेखि दाबी नगरिएको अवस्थामा फेला परेका धनबहादुर (प्रशान्त) ठकुरीको शवबारे न्युयोर्क स्थित नेपाली महावाणिज्य दुतावासको कार्यालयले थप विवरणहरू सार्वजनिक गर्दै मृतक ठकुरीलाई न्युयोर्कको रेल स्टेसनमा बेहोस अवस्थामा देखेका एक यात्रुले इमरजेन्सी नम्बर ९११ मा सम्पर्क गरेपछि अस्पताल लगिएको  जनाएको छ । अस्पतालले उनलाई मृत घोषणा गरी फेब्रुअरी ८ मा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयमा पठाएको जानकारी चिकित्सा परीक्षकको कार्यालयबाट प्राप्त भएको महावाणिज्यदूतावासले जनाएको छ । त्यतीबेलासम्म उनको पहिचान अज्ञात नै रहेको र पछि सोसल सेक्युरिटीको कार्यालयले  मृतक नेपाली नागरिक भएको सूचना सोसल सेक्युरिटी कार्यालयबाट गत सोमबार नेपाली महावाणिज्यदूतावासले ईमेल प्राप्त गरेका थिए । उक्त इमेलमा नजिकका आफन्तलाई सम्पर्क गर्ने प्रयास गरेको तर असफल भएको भन्दै नजिकका नातेदार पत्ता लगाउन सहयोगको आग्रह गरिएको थियो।” 

मृतक ४१ बर्षिय धन बहादुर ठकुरी (प्रशान्त) स्थायी घर नेपाल, झापा जिल्लाको दमक नगरपालिका वार्ड नं ८ का वासिन्दा हुन् । बिगत ११ बर्ष देखि न्युयोर्क वसोवास गर्दै आएका ठकुरी गत फेव्रुवरीमा न्युयोर्कको ट्रेन स्टेशनमा बेहोस अवस्था रहेको र पछि हस्पिटल पुर्याईएपछी मृत्यु भइसकेको तर मृत्युको कार्ण अझै खुल्न नसकेको जनाईएको छ  । 
मृतक ठकुरीको अन्तिम दाहसंस्कारका निमित्त अहिले गैर आवासिय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टरले “गो फण्डमी” खाता खोली सबैलाई सहयोगका लागी आग्रह गरेका छन् । 
https://gofund.me/b4909e341
Loading...