
नीतेश जंग कुँवरको “हितइको माया” उम्रिका टुर २०२५ — मेलरोज बलरुम न्युयोर्कमा धमाका हुने
मकै हाउस मिडिया,
न्यूयोर्क, अमेरिका — लोकप्रिय गायक नीतेश जंग कुँवर आगामी “हितइको माया – उम्रिका टुर २०२५” लिएर अमेरिकामा संगीत यात्रा (Tour) गर्न लागेका छन्।
कार्यक्रम नोभेम्बर १४, शुक्रबारका दिन लङ आइल्याण्ड सिटी, न्यूयोर्क स्थित मेलरोज बलरुम (Melrose Ballroom) मा आयोजना हुँदैछ।
यो कार्यक्रम ३ई इन्टरटेनमेन्ट (3E Entertainment) को आयोजनामा, छिरिंग शेर्पा, कृष्ण आचार्य र रिभेल इभेन्ट्स (Revel Events) को सहकार्यमा हुँदैछ।
संगीत कार्यक्रममा नीतेशले आफ्ना चर्चित गीतहरू सहित नयाँ प्रस्तुति दिने अपेक्षा गरिएको छ। भने कार्यक्रम पश्चाक डिजे एल.एसले माहौल तताउने छ ।

टुरको मुख्य नारा “Solidarity Through Music” (संगीतमार्फत एकता) रहेको छ, जसले नेपाली समुदायबीच एकता र सांस्कृतिक भावनालाई बल पुर्याउने उद्देश्य राखेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा NJK Vibe ले साथ दिनेछ भने, सम्पूर्ण व्यवस्थापन एपि लामा शेर्पा र 3E Entertainment ले सम्हाल्नेछन्।
टिकट तथा प्रायोजन (Sponsorship) का लागि सम्पर्क:
- सुरेश सापकोटा: (703) 589-1127
- छिरिङ शेर्पा ठाक्टोक: (646) 269-2646
- कृष्ण आचार्य: 929-346-1547
- राजेश हमाल: 929-396-8721
- ए.पी. लामा : (646) 593-3596
टिकटहरू 3Etickets.com मा उपलब्ध छन्।

