Banner

फिफा विश्वकप २०२६- फाइनल ड्र सम्पन्न, १२ समूहमा कुन-कुन टिम परे ?

मकै हाउस मिडिया, 

वाशिङ्टन डी.सी., ५ डिसेम्बर २०२५ — संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले सह–आयोजन गर्ने फिफा विश्वकप २०२६ का लागि बहुप्रतिक्षित फाइनल ड्र औपचारिक रूपमा सम्पन्न भएको छ। ड्र समारोहमा ४८ टिमलाई १२ वटै समूह (A–L) मा विभाजन गरिएको छ।

फिफा इतिहासमै पहिलोपटक ४८ टिमको मोडेल लागू भएको यस संस्करणमा प्रतिस्पर्धा झन् रोमाञ्चक हुने देखिएको छ।

कुन समुहमा कुन – कुन राष्ट्र परे

 समूह A

Mexico

South Africa

Korea Republic (South Korea)

Winner Play-off D

मेक्सिको घरेलु मैदानको फाइदा उठाउँदै समूह चरणमा बलियो सुरुवात गर्ने अनुमान गरिएको छ।

समूह B

Canada

Winner Play-off A

Qatar

Switzerland

क्यानडाले घरेलु समर्थनका साथ कठिन प्रतिस्पर्धी स्विट्जरल्यान्ड र एशियाली च्याम्पियन कतारलाई चुनौती दिनेछ।

 समूह C

Brazil

Morocco

Haiti

Scotland

यो समूह अहिले नै “Group of Death” को सूचीमा पर्न सक्छ। ब्राजिल र मोरोक्को दुबै उत्कृष्ट फर्ममा छन्।

 समूह D

USA

Paraguay

Australia

Winner Play-off C

आयोजक राष्ट्र अमेरिका समूहको शीर्ष दावेदार मानिन्छ, तर अस्ट्रेलिया र पाराग्वे खतरनाक प्रतिस्पर्धी हुन्।

समूह E

Germany

Curaçao

Côte d’Ivoire (Ivory Coast)

Ecuador

जर्मनीलाई सहज समूह जस्तो देखिए पनि आइभोरी कोस्ट र इक्वेडर निकै आक्रमक टिमहरू हुन्।

 समूह F

Netherlands

Japan

Winner Play-off B

Tunisia

नेदरल्याण्ड्स र जापान यस समूहका मुख्य दावेदार।

समूह G

Belgium

Egypt

IR Iran

New Zealand

बेल्जियम शीर्ष स्थानमा रहने सम्भावना भए पनि इजिप्ट र इरानले अप्रत्याशित उल्टफेर गर्न सक्छन्।

 समूह H

Spain

Cabo Verde

Saudi Arabia

Uruguay

स्पेन र उरुग्वेबीचको भिडन्त समूह चरणकै उत्कृष्ट खेल बन्नेछ।

 समूह I

France

Senegal

Winner Play-off 2

Norway

युरोपेली उपविजेता फ्रान्सलाई सेनेगल र नर्वेले निकै कडा चुनौती दिनेछन्।

 समूह J

Argentina

Algeria

Austria

Jordan

अर्जेन्टिनाले तुलनात्मक रूपमा सन्तुलित समूह पाएको छ।

समूह K

Portugal

Winner Play-off 1

Uzbekistan

Colombia

पोर्चुगल र कोलम्बिया शीर्ष दावेदार, तर उज्बेकिस्तानको उदीयमान प्रदर्शनले समूह रोमाञ्चक बनाउनेछ।

समूह L

England

Croatia

Ghana

Panama

यीमध्ये इंग्ल्यान्ड र क्रोएसियाका कारण यो समूह पनि अत्यन्त प्रतिस्पर्धी देखिन्छ।

 

 

Loading...