
‘नाना’को १३औँ वार्षिक सम्मेलन जनवरी १७ मा न्युयोर्कमा हुँदै
मकै हाउस मिडिया,
नेपाली अमेरिकन नर्सेस एसोसिएसन (NANA) द्वारा आयोजित १३औँ वार्षिक सम्मेलन आगामी शनिबार, जनवरी १७, २०२६ का दिन न्युयोर्कको रिजवुडस्थित 16-62 Stephen Street, NY 11385 मा सम्पन्न हुने भएको छ। उक्त सम्मेलन बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म चल्ने छ ।
यस वर्ष नानाले बिभिन्न विषयवस्तु “मानसिक स्वास्थ्यमा विश्वव्यापी दृष्टिकोण: प्रविधि र समुदाय साझेदारीको उपयोग”, मानसिक स्वास्थ्य, नर्सिङ पेशा, प्रविधि, संक्रमण नियन्त्रण, कार्य–जीवन सन्तुलन लगायतका समसामयिक विषयमा विज्ञ प्रस्तुतकर्ताहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्।
कार्यक्रम बिहान १०:०० – १०:३० बजेसम्म दर्ता, सहभागी चेक–इन तथा नेटवर्किङ सत्रबाट हुनेछ। त्यसपछि नाना अध्यक्ष आङ यान्की शेर्पाले स्वागत मन्तव्य दिनुहुनेछ।

सम्मेलनमा डेचेन लामा, डा. संगीता पुडासैनी काप्री, डा. मेरी वुननबर्ग, डा. मुनिश शर्मा, डा. संजय यादव र मोना भण्डारी लगायतका वक्ताहरूले संक्रमण रोकथाममा इन्फर्मेटिक्सको भूमिका, प्रसूति पछिको डिप्रेसन, नर्सहरूको मानसिक स्वास्थ्य, एआई प्रविधिको प्रयोग, कार्य–जीवन सन्तुलनजस्ता विषयमा प्रस्तुति दिने कार्यक्रम रहने छ ।
दिउँसो १:०० – १:३० बजेसम्म लंछ ब्रेक रहनेछ। त्यसपछि सहभागीहरूका लागि खुला छलफल, प्रतिक्रिया सत्र, लेहमन कलेजको NCLEX-RN ESOL तालिम कार्यक्रम सम्बन्धी जानकारी, नानाका गतिविधि तथा उपलब्धि विवरण, आर्थिक प्रतिवेदन र अन्त्यमा प्रमाणपत्र वितरण गरिनेछ।
उक्त सम्मेलनमा सहभागी हुनुहुने नर्सेसहरुले ३ (सि.ई.यू) निरन्तर शिक्षा इकाइ घण्टा पनी प्राप्त गर्ने छ, बिशेष सांस्कृतिक नृत्यहरुले सम्म्लेनमा रौनकता थप्नेछ ।
सम्मेलनका लागि डिसेम्बर २० भित्र अर्ली बर्ड दर्ता शुल्क $५० र त्यसपछि $६० निर्धारण गरिएको छ। थप जानकारीका लागि www.nanausa.org मार्फत वा सन्बन्धित ब्यक्तिलाई सम्पर्क गर्न हुन पनी आयोजकले जानकारी गराएका छन् ।

