
ब्लड डोनर्स अफ अमेरिका (BDA)को न्यूयोर्क राज्य समिति गठन, अध्यक्षमा कृष्ण आचार्य चयन
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क – ब्लड डोनर्स अफ अमेरिका (BDA)को न्यूयोर्क राज्य समिति गठन गत जनवरी ११, २०२६ का दिन न्यूयोर्कको वुडसाइडस्थित काठमाडौं फ्युजन किचनमा सम्पन्न भएको छ ।
“Be a Donor, Be a Life Saver” भन्ने मूल नारासहित स्थापित ब्लड डोनर्स अफ अमेरिकाको न्युयोर्क राज्य समिति गठन कार्यक्रममा BDA केन्द्रीय समितिका अध्यक्ष महेश्वर पन्त तथा उपाध्यक्ष बिरोचन नेपालको विशेष उपस्थितिमा समिती गठन कार्यक्रम सम्पन्न भएको हो ।

मानव जीवन बचाउन रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले स्थापित यस संस्थाको न्यूयोर्क राज्य समितिको अध्यक्षमा कृष्ण आचार्यलाई सर्बसम्मत चयन गरेको हो ।

त्यस्तै गरी आचार्यको नेतृत्वमा गठित समितीको कार्यकारी उपाध्यक्षमा बेगम पंडित, उपाध्यक्ष पदमा शंकर पौडेल, शान्ती जिरेल र छिरिंग शेर्पा, महासचिव पदमा रश्मी श्रेष्ठ, सचिव पदमा राजु तामांग, कोषाध्यक्ष पदमा कमला (शुष्मा) श्रेष्ठ र कार्यकारी सदस्यमा टक रुवाली, बिष्णु राना मगर, चन्द्र नेपाली, बुद्ध पौडेल, भिम न्यौपाने, नरेन्द्र सुवेदी, केदार कट्टेल र बिक्की पुलामीलाई चयन गरेको हो ।

