Banner

गोर्खाली समाज न्यूयोर्कद्वारा भव्य लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम राजु परियारको साथमा आयोजना हुँदै

 

मकै हाउस मिडिया, 

न्यूयोर्क  — गोर्खाली समाज न्यूयोर्क, अमेरिकाको आयोजनामा नेपाली लोकसंस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित एक भव्य लोकदोहोरी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम शुक्रबार, फेब्रुअरी ६, २०२६ का दिन न्यूयोर्कको वुडसाइडस्थित The Palace (63-01 Roosevelt Ave, Woodside, NY 11377) मा साँझ ६:३० बजेदेखि राति १२:३० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रका लोक स्वर सम्राट बरिष्ठ गायक राजु परियार तथा चर्चित लोक तथा दोहोरी गायक चन्द्र शर्माको विशेष प्रस्तुति रहनेछ।

 

कार्यक्रममा लोक तथा दोहोरी गायिका निशा सुनार, बरिष्ठ लोक तथा दोहोरी बिमल डाँगी, लोक तथा दोहोरी गायिका संगीता थापा मगर, कलाकार बसन्ती राई, नायिका रञ्जिता गुरुङ, कलाकार भूपेन्द्र गुरुङ, जादुगर तथा हास्य कलाकार महादेव त्रिपाठी, पार्कर खेलाडी दिनेश सुनार, गायक अमर अनुराग श्रेष्ठ तथा बरिष्ठ  बाध्यवादक नुच्छे डंगोलको समेत विशेष प्रस्तुति रहनेछ।

नेपाली लोकसंस्कृति, मौलिक दोहोरी, नृत्य तथा विविध मनोरञ्जनले भरिपूर्ण यस कार्यक्रमलाई ऐतिहासिक र अविस्मरणीय बनाउने तयारी गरिएको गोर्खाली समाज न्यूयोर्कले जनाएको छ। आयोजकले न्यूयोर्क, न्यू जर्सी तथा आसपासका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन हार्दिक निमन्त्रणा गरेको छ।

थप जानकारी तथा टिकटसम्बन्धी विवरणका लागि

सम्पर्क व्यक्ति: ओम विश्वकर्मा, फोन: 646-407-9310

 

 

Loading...