Banner

न्युयोर्कमा “सामुदायिक रक्तदान कार्यक्रम”- १४ वटा संस्थाको संयुक्त आयोजनामा हुदै

 

मकै हाउस मिडिया,

न्युयोर्क । न्युयोर्कको क्विन्समा ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्कको मुख्य आयोजना तथा अन्य १४ वटा सामाजिक संस्थाको संयुक्त सहकार्यमा भोली अप्रिल १२, २०२६ आईतबारका दिन “सामुदायिक रक्तदान कार्यक्रम” हुने भएको हो । 

 

ब्लड डोनर्स अफ अमेरिका, न्युयोर्कको नेतृत्वमा हुने उक्त कार्यक्रम एनआरएनए, एनसिसी, अमेरिका, न्युयोर्क च्याप्टर, लायन्स क्लब अफ क्विन्स बुद्ध, क्विन्स केटिएम लायन्स क्लब, बलेवा समाज अमेरिका, जमैका नेपाली समाज, बांग्लु्ग समाज अमेरिका, न्युयोर्क, धादिंग नेपाली समाज अमेरिका, शेर्पा एसोसिएन ईन अमेरिका, तमु परिवार न्युयोर्क, गाम मुभमेन्ट, जिपिके फाउण्डेशण अमेरिका, गोर्खाली समाज न्युयोर्क, नेपाली अमेरिकन कलाकार संघ र फिलिपिनो सामाजिक संस्था नाईट्स अफ रिजनको संयुक्त सहकार्यमा कार्यक्रम हुने भएको हो । 

कार्यक्रम न्युयोर्कको क्विन्स स्थित ज्याक्सन मार्केट, 78-09 37th Ave, Jackson Heights, NY 11372 हुने भएको हो । 

कार्यक्रम बिहान ११:०० बजे देखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने छ। यस रक्तदान कार्यक्रममा स्थानीय समुदायका व्यक्तिहरूलाई सहभागी भई जीवन रक्षाका लागि योगदान गर्न आह्वान गरिएको छ।

 

 

Loading...