
मिलेर अगाडी बढ्दा न्युयोर्क नेपाली समाजमा सकारात्मक सन्देश गएको छ ।
मकै हाउस मिडिया, कृष्ण आचार्य, न्युयोर्क
“नेपाली समुदाय सँधै झगडा गर्दछन”, “राजनीतिमात्र गर्छन, उनीहरु समुदायको भन्दापनि व्यक्तिगत हित र पदलोलुपतामा विस्वास गर्छन”
यस्तै भाष्य पछिल्लो समय नेपाली डायस्पोरामा व्याप्त थियो । हुनपनि नेपाली समुदाय विदेशमापनि कतिपय मुद्धामा विभाजित नै देखिन्थ्यो । संघ संस्थाहरुको अवस्थापनि त्यस्तै छ । न्युयोर्कमात्र होइन, टेक्सस देखि क्यालिफोर्निया वा बोष्टनदेखि नर्थ क्यारोलाइना सबै स्थानमा नेपाली समुदायमा बाहिरबाट हेर्दा विभाजन देखिन्छ । अनेक संगठन अनि कयौं समितिहरुमापनि राजनीति तथा वैमनस्यता । तर बाहिरबाट विभाजित देखिने नेपाली समुदाय, नेपाली समुदायलाई मर्का परेकोबेला एकजुट भएर समुदायको हितमा कार्य गरेका कैयन उदाहरणपनि छन । समाजमा सकारात्मकता भन्दा नकारात्मकता धेरै फैलिने हुंदापनि नेपाली समुदायमा हुने गरेका सकारात्मकताको चर्चा कम हुने गरेको देखिन्छ ।
यतिबेला हामी चर्चा गर्दैछौं न्युयोर्कको नेपाली समुदायमा भइरहेका ऐतिहासिक एकता तथा ऐक्यबद्धताको नमुनाका बारेमा । सायद अमेरिकामा रहेका नेपालीहरुका अत्यधिक संस्थाहरु न्युयोर्कमा छन । राजनीतिक, भेगीय, तथा जातीय अनि नेपालीहरुका धार्मिक विभिन्न संस्थाहरु सक्रीय छन । उनीहरुविचमा एक किसिमको बेमेल जस्तो देखिएपनि एकतापनि लोभलाग्दो छ । समुदायलाई परेको बेला संघसंस्थाहरुमा सहयोगको प्रतिष्पर्धा नै हुने गरेको छ । त्यसको नतिजा सकारात्मक नै हुने गरेको छ । नेपालीहरु विभाजितपजि छन तर परिआएको खण्डमा एकजुटपनि छन ।
न्युयोर्कका नेपालीमा ऐतिहासिक एकता ! नेपाल डे परेड ऐतिहासिक हुंदै
अगामि बर्ष बुद्ध जयन्ती सथै शान्ति परेडको आयोजना हुंदै
मे १ तारिखमा २५७० औं बुद्ध जयन्तीको पावन अवसरमा फिप्नाद्धारा आयोजित बिचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा आगामी बर्षदेखि फिप्नाले बुद्ध जयन्ती र शान्ति परेडको आयोजना गर्ने फिप्ना भएको छ । बुद्ध जयन्ती शान्ति परेडमा एनआरएन तथा महावाणिज्य दुतावासले साथ दिने प्रतिब्त्ता जनायको छ । भगवान गौतम बुद्ध ले मानव जगतलाई दिनुभएको शान्ति, करुणा, अहिंसा, मैत्री र सहअस्तित्वको मार्ग आजको अशान्त विश्वका लागि अझ महत्वपूर्ण बनेकोहुद विश्वसामु चिनाउना भुमिका खेल्ने नेपाली समुदायमा दइतो रहेको र यसले सकारात्मक सन्देश जाने बिस्वस गर्नु हुदै नेपाली समुदायप्रति विश्व नजरपनि अझ सम्मानित बन्ने देखिन्छ । यसले गौतम बुद्धको महिमा तथा नेपालको पर्यटनमापनि सकारात्मक प्रभावपार्ने अपेक्षा गर्न गर्दछु ।

न्युयोर्क राज्य सभाका प्रत्यासी सोमनाथ घिमिरेको घोषणा
न्युयोर्क राज्य सभाकोलागि प्रतिष्पर्धामा रहेका सोमनाथ घिमिरेले यदि आफु निर्वाचित भएमा न्युयोर्क राज्य सभामा शान्ति परेडको बिल राज्य सभामा लैजाने प्रतिवद्धता नेपाली समुदायमाझ गरेका छन । नेपाल आदिवासी जनजाती महांसंघ फिप्नाले आयोजना गरेको बुद्ध जयन्तीको शुभकामना कार्यक्रममा घिमिरेले यस्तो जनाएका हुन । न्युयोर्कको डिष्ट्रिक ३० बाट प्रतिष्पर्धामा उत्रेका घिमिरेको निर्वाचित हुने सम्भावना पनि धेरै भएकोले उनले प्रस्तुत गर्ने बिल राज्य सभाले पारीत गरेमा बुद्ध र शान्तिको परेडले विश्वव्यापी मान्यता पाउने देखिन्छ । यसले नेपाली समुदाय, नेपाल र भगवान गौतम बृद्धको शन्देश अझै व्यापक हुने अपेक्षा गर्न सकिन्छ ।
यी र यस्तै सकारात्मक सन्देशले प्रवासका नेपालीलाई ऐक्यबद्ध बनाउछ भने नेपाली समुदायको आत्मविस्वासमापनि बृद्धि गराउंछ । विदेशमापनि नेपालहरु विभाजित हुन्छन भन्ने भाष्यबाट अब नेपालीहरु आफ्नो समुदायको लागि एक जुट हुनपनि जानेका छन भन्ने सन्देश पनि दिएको छ ।
लेखक, न्युयोर्कमा नेपाली समुदायका अगुवाका रुपमा परिचित छन ।


