
कप्तान किरण चेम्जोंग मकै हाउस मिडिया द्वारा “गोट- एप्रिसिएशन अवार्ड” द्वारा न्युयोर्कमा सम्मानित
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । नेपाली राष्ट्रीय फुटबल टोलीका कप्तान किरण चेन्जोंग न्युयोर्कमा “गोट – एप्रिसिएशन अवार्ड” द्वारा सम्मानित भएका छन् ।
मकै हाउस सामुदायिक मिडिया, न्युयोर्कले नेपाली फुटवल जगतमा लगभग २ दशक राष्ट्रका लागी समर्पित गरेका नेपाली राष्ट्रिय फुटवल टोलीका कप्तान किरण चेम्जोंगलाई “गोट (ग्रेटेस्ट अफ अल टाईम) – एप्रिसिएशन अवार्ड” द्वारा सम्मान गरेको हो ।

हिजो जुलाई २, बिहिवारका दिन मकै हाउस मिडियाका लागी अन्तर्वाता दिने क्रममा मिडिया टिमले कप्तानलाई उक्त अवार्ड द्वारा सम्मान गरेको हो ।

चेन्जोंगले राष्ट्रका लागी आफ्नो २ दशक फुटवल टोलीको रक्षा पंक्तिमा सगरमाथा झै अटल रहि सधै नेपालीको शिर उच्च बनाईराख्नुमा अहम् भुमिका खेल्दै आईरहेका छन् । हाल चेम्जोंगले राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै आईरहेका छन् ।
कप्तान चेम्जोंगले फुटवल टिमको राष्ट्रीय जर्सीमा हस्ताक्षर गरी टोलीलाई हस्तांतरण समेत गरेका थिए ।
एस्तै प्रकृतिको अवार्डले किरण भन्दा पहिले रुटिन अफ नेपाल बन्दका संचालक भिक्टोर पौडेललाई पनी सम्मान गरिसकेको छ ।




