Banner

गोल नखाएका स्पेनका गोलकिपर सिमोन, के रोक्न सक्छन् आज पोर्चुगललाई?

 

मकै हाउय मिडिया, 

न्युयोर्क । स्पेनका स्टार गोलकिपर उनाई सिमोनले फिफा विश्वकप इतिहासमै लगातार सबैभन्दा लामो समय गोल नखाने नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। अस्ट्रियामाथि ३–० को जितसँगै उनले लगातार ५१९ मिनेटसम्म कुनै गोल नखाई सन् १९९० मा इटालीका वाल्टर जेंगाले बनाएको ५१७/५१८ मिनेटको ऐतिहासिक कीर्तिमान तोडेका हुन्।

जारी फिफा विश्वकप २०२६ मा स्पेनले खेलेका सबै चार खेलमा सिमोनले क्लिनसिट राखेका छन्। यस क्रममा स्पेनले प्रतियोगितामा अहिलेसम्म एक गोल पनि बेहोरेको छैन। स्पेनको बलियो रक्षापंक्ति र सिमोनको उत्कृष्ट प्रदर्शनका कारण टोली अपराजित रहँदै अन्तिम १६ मा पुगेको छ र उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

अब सबैको नजर आज हुने स्पेन–पोर्चुगलको बहुप्रतीक्षित भिडन्तमा छ। क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलको आक्रमणलाई सिमोनले फेरि रोक्न सक्नेछन्, वा पोर्चुगलले उनको ऐतिहासिक क्लिनसिट यात्राको अन्त्य गर्नेछ? यसको जवाफ आजको रोमाञ्चक प्रतिस्पर्धाले दिनेछ।

 

Loading...