Banner

अर्जेन्टिनासँगको हारपछि रेफ्रीविरुद्ध इजिप्टको औपचारिक उजुरी, फिफामा गुनासो दर्ता

मकै हाउस मिडिया, 

अर्जेन्टिनासँग ३–२ को नाटकीय हारपछि इजिप्ट फुटबल संघ (EFF) ले फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिएर (Francois Letexier) र उनको अफिसियटिङ टोलीविरुद्ध फिफामा औपचारिक उजुरी दर्ता गरेको बताइएको छ।

विभिन्न सञ्चारमाध्यमका अनुसार इजिप्ट फुटबल संघका अध्यक्ष हानी अबो रिदाले रेफ्री लेटेक्सिएरले खेलका क्रममा गरेका निर्णयप्रति असन्तुष्टि जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफासमक्ष औपचारिक विरोधपत्र पेश गरेका हुन्।

प्रतिवेदनहरूका अनुसार इजिप्टले खेलमा भएका केही निर्णायक निर्णयहरू आफ्नो टोलीविरुद्ध गएको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन गर्न फिफासँग माग गरेको छ।

यद्यपि, यस विषयमा फिफाले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

 

 

Loading...