
नेपाली–अमेरिकी समुदायसँग सांसद मनीष झाको विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुँदै
मकै हाउस सामुदायिक मिडिया, अक्कल तामाङ
न्यूयोर्क l अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई संवाद, एकता र सामुदायिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले “Nepalese American Community Reception & Interaction” कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रममा नेपाल संघीय संसदका मानानीय सांसद मनीष झा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। आयोजकका अनुसार कार्यक्रममा नेपाली–अमेरिकी समुदायका सदस्यहरूसँग प्रत्यक्ष अन्तरक्रिया, विचार आदान–प्रदान तथा समुदायका साझा चासोका विषयमा खुला छलफल गरिनेछ।
यस कार्यक्रमको मुख्य विषयवस्तु “Dialogue Unity Progress” अर्थात् संवाद, एकता र प्रगति रहेको छ। आयोजकले समुदायबीच सहकार्य, आपसी समझदारी र भविष्यका सम्भावनाबारे सार्थक छलफल हुने विश्वास व्यक्त गरेको छ।
यो कार्यक्रम Madhesi Diaspora in USA ले आयोजना गरेको हो। आयोजकहरूले न्यूयोर्क तथा आसपासका राज्यहरूमा रहेका सम्पूर्ण नेपाली–अमेरिकी समुदायलाई कार्यक्रममा सहभागी भई आफ्ना विचार राख्न, सम्बन्ध विस्तार गर्न तथा समुदायको सुदृढीकरणमा योगदान दिन हार्दिक निमन्त्रणा दिएका छन्।

कार्यक्रम विवरण:
कार्यक्रम: Nepalese American Community Reception & Interaction
प्रमुख अतिथि: मानानीय मनीष झा, सांसद, नेपाल संघीय संसद
मिति: आइतबार, जुलाई १२, २०२६
समय: बिहान ११:३० – दिउँसो १:३०
स्थान: 16-62 Stephen St, Ridgewood, NY 11385
आयोजक: Madhesi Diaspora in USA
मुख्य विषय: संवाद, एकता र प्रगति (Dialogue Unity Progress)
समुदायका विभिन्न क्षेत्रका अगुवा, सामाजिक अभियन्ता, व्यवसायी, युवा तथा सर्वसाधारणको सहभागिताले कार्यक्रम नेपाली–अमेरिकी समुदायबीच सहकार्य र सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी सबैका लागि दिउँसोको भोजन (Lunch) को व्यवस्था पनि गरिएको छ।

