
यो तीजमा “चिटिक्कै भा छु रे टुर” अमेरिका भरी
मकै हाउस मिडिया, सुर्य सिम्खडा
न्यूयोर्क, अमेरिका । रेभल इभेन्ट्स इन्क. (Revel Events Inc), वेल डन क्रिएशन्स (Well Done Creations) र मिराकल इभेन्ट्स इन्क. (Miracle Events Inc) को संयुक्त आयोजनामा “USA Teej Tour 2026” आयोजना हुने भएको छ।
यस विशेष तीज सांगीतिक यात्रामा नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा लोकप्रिय गायिका सिन्धु मल्ल, सर्वाधिक सफल गायक तथा संगीतकार आशिष अविरल, चर्चित गायक भगवान भण्डारी, लोकप्रिय गायिका मल्लिका कार्की, साथै अन्य ख्यातिप्राप्त कलाकारहरूको पनि सहभागिता रहनेछ।

आयोजकका अनुसार अगस्टदेखि सेप्टेम्बरसम्म अमेरिकाका विभिन्न शहरहरूमा तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। नेपाली कला, संस्कृति र तीज पर्वलाई प्रवासमा भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस टुरमा गीत, संगीत, नृत्य र मनोरञ्जनको विशेष प्रस्तुति रहनेछ।

आफ्नो शहरमा USA Teej Tour 2026 आयोजना गर्न वा बुकिङका लागि आयोजकसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
सम्पर्कको लागी :-
+1 (929) 396-8721
+1 (347) 419-5009
+1 (443) 400-9273
