Banner

एलेक्जेन्डर टि. विल्स – सर्भिस अवार्ड द्वारा लायन अर्जुन गौडेल सम्मानित

 

मकै हाउस मिडिया,

न्युयोर्क । एलेक्जेन्डर टि. विल्स – डिस्टिन्गुईस सर्भिस अवार्ड द्वारा लायन अर्जुन गौडेल न्युयोर्कमा सम्मानित भएको छ ।

बिगत २०१६ देखि निरन्तर लायन्स क्लब अफ क्विन्स बुद्धको माध्ययमबाट लायन्स क्लब्स ईन्टरनेशनलको अवधारणालाई शतप्रतिशत अपनाउदै निरन्तर समाजको भलाईको निमित्त पुर्याएको योगदानको उच्च कदर गर्दै लायन्स क्लब्स ईन्टरनेशनल, डिस्ट्रिक्ट २०-के१ फाउण्डेशनले लायन गौडेललाई “एलेक्जेन्डर टि. विल्स – डिस्टिन्गुईस सर्भिस अवार्ड” द्वारा सम्मान गरेको हो । 

लायन गौडेल न्युयोर्कमा स्थापित नेपालीहरुको पहिलो लायन्स क्लब क्विन्स बुद्ध लायन्स क्लब, न्युयोर्कको संस्थापक सदस्य हुन्, भवे गौडेल १ कार्यकाल अध्यक्ष र १ कार्यकाल डिस्ट्रिक्ट २०-के१ को जोनचेयरको रुपमा सेवा गकिसकेका छन् भने हाल लियो एड्भाईजरको रुपमा सेवा पुर्याउदै आईरहनु भएको छ । 

लायन गौडेलको अध्यक्षताको कार्यकालबाट क्लबलाई एउटा मुर्तरुप दिदै क्रियाशिलरुपमा काम गर्ने सक्रिय संस्था बनाउनुमा महत्वपुर्ण योगदान दिएका थिए । भने निरन्तर १० बर्षदेखी लायन्स क्लबको कुनैपनी सेवा प्रदायि कार्यमा जहिल्यै अग्रसर रहि सेवा पुर्याउदै आईरहेको पात्र हुन् । 

लायन गौडेल नेपाल रहदा पनी लामो समय देखि समाजसेवामा सक्रिय भुमिका खेल्दै आईरहनु भएको थियो ॥ 

डिस्ट्रिक्ट २०-के१ फाउण्डेषनले प्रत्येक बर्ष क्लवको १ जना सदस्यलाई सो अवार्ड द्वारा सम्मान गर्दै आईरहेको छ । 

 

Loading...