Banner

क्विन्स बुद्ध लायन्स क्लबको अफिसियल कार्यक्रम सम्पन्न, अध्यक्षमा बुद्ध पौडेल

 

मकै हाउस सामुदायिक मिडिया,

न्युयोर्क । क्विन्स बुद्ध लायन्स क्लब न्युयोर्कको ११औ “अफिसर्स ईन्सटलेशन ईभेन्ट”  अफिसियल कार्यक्रम सम्पन्न भएको छ । भने टिमले बुद्ध पौडेललाई अध्यक्षमा चयन गरेका हुन् । 

गत अगष्ट २, आईतबार सॅाझ ज्याक्सन हाईट्समा सम्पन्न क्लबको ११ औ अफिसर्स ईन्सटलेशन कार्यक्रममा लायन बुद्ध पौडेललाई अध्यक्षमा चयन गरी सपथ ग्रहण गराएका थिए भने । अन्य पदहरुमा जस्तै लाएन्स क्लब्स ईन्टरनेशनल फाउण्डेशन संयोजकमा लायन सोनु मल्ल, प्रथम उपाध्यक्षमा लायन सांग दोर्जी शेर्पा, दोस्रो उपाध्यक्षमा लायन पुर्ण बहादुर पाईजा मगर, तेस्रो उपाध्यक्ष तथा मेम्बरशिप चेयरमा लायन पुरुषोत्तम पन्थी, सचिबमा लायन पार्वती सुनाम, कोषाध्यक्षमा लायन चन्द्र नेपाली र मार्केटिंग चेयरमा लायन खडग (बिक्की) पुलामी चयन हुदै सपथ ग्रहण गराएका थिए । 

उक्त कार्यक्रममा डिसेट्रिक्ट २०-के १ बाट डिस्ट्रिक्ट गभर्नर, प्रथम सहायक डिस्ट्रिक्ट गभर्नर, दोस्रो सहायक डिस्ट्रिक गभर्नर, तेस्रो सहायक डिस्ट्रिक्ट गभर्नर, पुर्व डिस्ट्रिक्ट गभर्नर र अन्य धेरै पदाधिकारीहरुको सहभागिता रहेको थियो भने स्थानिय नेपाली संघ-संस्थाहरुको पदाधिकारीहरुको पनी सहभागीता रहेको थियो । 

कार्यक्रममा लियोहरुलाई क्लबको तर्फबाट एक्सेलेन्स भोलिन्टियर अवार्ड बितरण गरेका थिए भने । डिस्ट्रिक्ट २०-के१ फाउण्डेशनले लायन अर्जुन गौडेल एमएफजे लाई क्लबको माध्ययमबाट उत्कृष्ट सेवा प्रदान गरेको उच्च कदर गर्दै “एलेक्जेण्डर टि. वेल्स – सर्भिस अवार्ड” द्वारा सम्मान गरेको थियो । 

 

Loading...