Banner

विशेष साधारण सभाबाट तामाङ सोसाइटी अफ अमेरिकाको कार्यसमिति विघटन: चाँदनी लामाको नेतृत्वमा अन्तरिम समिति गठन

 

मकै हाउस सामुदायिक मिडिया, 

न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाको विशेष साधारण सभा यही अगस्ट ८, २०२६ मा संस्थाका संस्थापक अध्यक्ष सुवास लामाको अध्यक्षतामा सम्पन्न भएको छ।

केही समययता तामाङ सोसाइटी अफ अमेरिकामा अध्यक्षद्वारा गरिएको आर्थिक हिनामिनाको कारण विधानमा व्यवस्था भएअनुसार संस्थाका २५ प्रतिशत साधारण सदस्यहरूको विशेष पहलमा उक्त विशेष साधारण सभा आयोजना गरिएको हो।

संस्थाको विधानअनुसार हरेक वर्ष अनिवार्य रूपमा वार्षिक साधारण सभा आयोजना गर्नुपर्ने व्यवस्था रहे पनि निवर्तमान अध्यक्ष तुलबहादुर तामाङले वार्षिक साधारण सभा आयोजना गर्न आलटाल गर्दै आएको कारण विशेष साधारण सभाका आयोजकहरूले विधानको धारा ८.१ अनुसार अगस्ट ८, २०२६ मा विशेष साधारण सभा सम्पन्न गरेको एक उपस्थित प्रतिनिधिले जानकारी दिएका छन्।

मूलतः विधानअनुसार मार्च २०२६ भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने प्रावधान रहेको बताइएको छ।

विशेष साधारण सभामा सहभागी एक प्रतिनिधिका अनुसार बन्द सत्रमा उपस्थित प्रतिनिधिहरूले निवर्तमान अध्यक्ष तुलबहादुर तामाङको नेतृत्वको कार्यसमिति सर्वसम्मत रूपमा विघटन गरी निवर्तमान महासचिव चाँदनी लामाको अध्यक्षतामा ९ सदस्यीय अन्तरिम कार्यसमिति गठन गरिएको घोषणा गरेको छ।

उक्त अन्तरिम कार्यसमितिले तामाङ सोसाइटी अफ अमेरिकाको २०२५ देखि २०२७ सम्मको बाँकी कार्यकालका लागि कार्य गर्ने जनाइएको छ।

अन्तरिम कार्यसमिति (२०२५–२०२७) तपसिलअनुसार छ:

अन्तरिम अध्यक्ष: चाँदनी लामा

अन्तरिम उपाध्यक्ष: अकबर तामाङ

अन्तरिम महासचिव: सोनिया तामाङ

अन्तरिम सचिव: पासाङ तामाङ

अन्तरिम कोषाध्यक्ष: निरु तारा योञ्जन

अन्तरिम सहकोषाध्यक्ष: निमा घ्याम्चो तामाङ

अन्तरिम बोर्ड अफ डाइरेक्टर: सूर्यबहादुर तामाङ

अन्तरिम बोर्ड अफ डाइरेक्टर: साङ डुक्पा योञ्जन

अन्तरिम बोर्ड अफ डाइरेक्टर: सुमन लामा

Loading...