Banner

न्युयोर्क स्थित मोनरो विश्वविद्यालयद्वारा नेपालभर शिक्षा परामर्श र सहकार्य सम्बन्धी कार्यक्रम सम्पन्न

 

मकै हाउस मिडिया, 

न्युयोर्क । मोनरो विश्वविद्यालयले नेपालका विभिन्न स्थानमा शिक्षा परामर्श व्यवसायीहरूसँग ‘Meet & Greet’ तथा सूचना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। शिक्षा परामर्श संघ नेपाल (ECAN) का विभिन्न शाखाहरूसँगको सहकार्यमा आयोजित राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत झापा, पूर्वाञ्चल, हेटौंडा, चितवन, पोखरा, रुपन्देही, काभ्रे, ललितपुर र काठमाडौं गरी ९ स्थानमा कार्यक्रम सम्पन्न भएका हुन्। यी कार्यक्रमहरूले व्यावसायिक नेटवर्क विस्तार, अर्थपूर्ण अन्तरक्रिया, ज्ञान आदान–प्रदान तथा नेपालका शिक्षा परामर्श समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

राष्ट्रव्यापी कार्यक्रमको सुरुवात अगस्ट ११ मा झापाबाट भएको थियो। ECAN झापा शाखासँगको सहकार्यमा होटल ग्राण्ड सिद्धार्थमा साँझ ४ बजे आयोजित कार्यक्रममा ४७ जना शिक्षा परामर्श व्यवसायी सहभागी भएका थिए। कार्यक्रमपछि दिवाभोजको आयोजना गरिएको थियो।

त्यसैगरी, अगस्ट १२ मा पूर्वाञ्चलमा ECAN पूर्वाञ्चल शाखासँगको सहकार्यमा इटहरीस्थित होटल भेरान्डामा बिहान ११ बजे कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा इटहरी, विराटनगर, धरान तथा सुनसरी क्षेत्रका ३५ जना परामर्श व्यवसायी सहभागी भएका थिए। कार्यक्रमपछि दिवाभोजको आयोजना गरिएको थियो।

अगस्ट १३ मा हेटौंडामा ECAN मकवानपुर शाखासँगको सहकार्यमा होटल समानामा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा २९ जना शिक्षा परामर्श व्यवसायी सहभागी भए। कार्यक्रमपछि दिवाभोजको आयोजना गरिएको थियो।

त्यसपछि टोलीले चितवनतर्फ यात्रा गरी अगस्ट १४ मा ECAN चितवन शाखासँगको सहकार्यमा नारायणगढस्थित होटल रेड कार्पेटमा साँझ ५ः३० बजे कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा ४४ जना परामर्श व्यवसायी सहभागी भएका थिए। कार्यक्रमपछि रात्रिभोजको आयोजना गरिएको थियो।

यसै क्रममा अगस्ट १४ मै पोखरामा ECAN पोखरा शाखासँगको सहकार्यमा पोखरा पार्टी प्यालेसमा दिउँसो १२ः३० बजे कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ४६ जना शिक्षा परामर्श व्यवसायी सहभागी भएका थिए। कार्यक्रमपछि दिवाभोजको आयोजना गरिएको थियो।

अगस्ट १५ मा रुपन्देहीमा ECAN रुपन्देही शाखासँगको सहकार्यमा होटल पाल्म इन्टरनेसनलमा बिहान ९ः३० बजे कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा रुपन्देही तथा आसपासका क्षेत्र, विशेषगरी बुटवल, दाङ, भैरहवा र नेपालगञ्जबाट प्रतिनिधित्व गर्दै ३० जना परामर्श व्यवसायी सहभागी भएका थिए। कार्यक्रमपछि दिवाभोजको आयोजना गरिएको थियो।

राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत अगस्ट १७ मा काभ्रेमा ECAN काभ्रे शाखाको आतिथ्यमा बनेपास्थित गौतम भिलेज रिसोर्टमा साँझ ४ः३० बजे कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा २८ जना शिक्षा परामर्श व्यवसायी सहभागी भएका थिए। कार्यक्रमपछि रात्रिभोजको आयोजना गरिएको थियो।

त्यसैगरी, अगस्ट १८ मा ललितपुरमा ECAN ललितपुर शाखासँगको सहकार्यमा होटल स्क्वायरमा साँझ ४ः३० बजे कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ३२ जना परामर्श व्यवसायी सहभागी भए। कार्यक्रमपछि रात्रिभोजको आयोजना गरिएको थियो।

राष्ट्रव्यापी अभियानको अन्तिम कार्यक्रम अगस्ट २० मा काठमाडौंमा ECAN केन्द्रीय शाखासँगको सहकार्यमा होटल रोयल सिङ्गीमा बिहान ११ बजे सम्पन्न भयो। कार्यक्रममा २६ जना शिक्षा परामर्श व्यवसायी सहभागी भएका थिए। कार्यक्रमपछि दिवाभोजको आयोजना गरिएको थियो।

सबै स्थानमा आयोजित कार्यक्रमहरूमा मोनरो विश्वविद्यालयका शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध अवसर, छात्रवृत्ति, भर्नासम्बन्धी जानकारी तथा अमेरिकी उच्च शिक्षामा भइरहेका पछिल्ला विकासक्रमबारे जानकारी प्रस्तुत गरिएको थियो। अन्तरक्रियात्मक रूपमा सञ्चालन गरिएका कार्यक्रममा शिक्षा परामर्श व्यवसायीहरूले विभिन्न प्रश्न राख्दै आफ्ना अनुभव तथा धारणा आदान–प्रदान गरेका थिए। यसबाट नेपाली विद्यार्थीलाई अमेरिकामा उच्च शिक्षा हासिल गर्न मार्गदर्शन गर्ने परामर्श व्यवसायीहरूलाई आवश्यक जानकारी प्राप्त गर्न सहयोग पुगेको छ।

यी कार्यक्रमहरू मोनरो विश्वविद्यालय र ECAN अन्तर्गतका शिक्षा परामर्श समुदायबीच संस्थागत सम्बन्ध थप सुदृढ गर्ने, व्यावसायिक नेटवर्क विस्तार गर्ने तथा नेपाली विद्यार्थीका लागि दीर्घकालीन र पारस्परिक लाभदायी सहकार्यका अवसर विकास गर्ने महत्वपूर्ण माध्यमसमेत बनेका छन्। कार्यक्रमपछिका दिवाभोज तथा रात्रिभोजका अनौपचारिक भेटघाटले पनि आपसी सम्बन्ध र व्यावसायिक सहकार्यलाई थप नजिक बनाउन योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

९ वटा स्थानमा आयोजित कार्यक्रममा कुल ३१७ जना शिक्षा परामर्श व्यवसायीको सहभागिता रहेको थियो। यस राष्ट्रव्यापी अभियानमार्फत मोनरो विश्वविद्यालयले नेपालका शिक्षा परामर्श व्यवसायीसँग प्रत्यक्ष रूपमा जोडिँदै नेपाली विद्यार्थीका लागि गुणस्तरीय अमेरिकी उच्च शिक्षाका अवसर विस्तार गर्न आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ।

मोनरो विश्वविद्यालयले राष्ट्रव्यापी कार्यक्रम सफल बनाउन सहयोग गर्ने ECAN तथा यसका सम्पूर्ण सहभागी शाखा समितिहरू र शिक्षा परामर्श व्यवसायीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। कार्यक्रमहरूमा प्रदान गरिएको न्यानो आतिथ्यता, उत्साहपूर्ण सहभागिता, महत्वपूर्ण सुझाव तथा निरन्तर सहयोगले राष्ट्रव्यापी अभियानलाई थप प्रभावकारी, उपलब्धिमूलक र स्मरणीय बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको विश्वविद्यालयले जनाएको छ।

 

Loading...