
नेपाली डायस्पोराका सम्पूर्ण संघसंस्थालाई महावाणिज्यदूतावास न्यूयोर्कको सहयोगको अपिल
मकै हाउस सामुदायिक मिडिया, न्युयोर्क
न्युयोर्क । नेपाली महादुतावासको कार्यालय न्युयोर्कले नेपालमा गएको बाढि – पिडित सहयोगार्थ एकजुट भई सहयोग पुराउन हार्दिक अपिल गरेको छ ।

नेपाली महादुतावासको कार्यालय न्युयोर्कले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गरेको सहयोगको अपिल जस्ताको तस्तै यहॅा तल राखिएको छ ।
“न्यूयोर्क र आसपासका राज्यहरुमा क्रियाशील नेपाली डायस्पोराका सम्पूर्ण संघसंस्थालाई हार्दिक अनुरोध
यहाँहरु सबैमा नेपाली महावाणिज्यदूतावास न्यूयोर्कको तर्फबाट हार्दिक नमस्कार,
गत २६ अगस्त २०२६ का दिन नेपालको रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति यस महावणिज्यदूतावास गहिरो दुःख व्यक्त गर्दछ। यस विपदबाट प्रभावित सम्पूर्णप्रति हाम्रो हार्दिक साहनुभूती तथा ऐक्यवद्धता रहेको छ। विपदको यस घडीमा नेपाल सरकारले नागरिकहरुको उद्धार, राहत, स्थानान्तरण तथा दीर्धकालीन पुनस्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोगको लागि आव्हान गरिएको यहाँहरुलाई जानकारी नै छ। सहयोगका गर्नका लागि देहायको लिकं प्रयोग गर्न सकिन्छः
https://t.co/9wKFxgEENk
विपदको यस घटनाको सन्दर्भमा समूदायबाट भएका पहलको समिक्षा तथा आर्थिक सहायता संकलनको कार्यलाई थप समन्वयात्मक र प्रभावकारी ढंगबाट अगाढी बढाउने विषयमा छलफल गर्न न्यूयोर्क र आसपासका राज्यमा क्रियाशील नेपाली डायस्पोराका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुसँग एक कार्यक्रम आयोजना गर्न लागिएको छ। उक्त कार्यक्रममा यहाँको संस्थाका प्रमुख/प्रतिनिधिको सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ।
कार्यक्रम हुने स्थान, समय र मितिः
स्थानः Consulate General of Nepal, 228 East 45th Street 10017, NY
समय र मितिः वेलुका ४:०० वजे मंगलवार, सेप्टेम्वर १, २०२६
सहभागिताको जानकारी गराउने सम्पर्क WhatsApp No. 347 280 4106
धन्यवाद।
नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क
२९ अगस्त २०२६”
https://www.facebook.com/share/1EdBAZS4Ej/?mibextid=wwXIfr


