
न्युयोर्कबाट हंसराज जोशीले ल्याए ‘छुटेका सपना’ (भिडियोसहित)
मकै हाउस मिडिया,
न्युयोर्क । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय हंसराज जोशीले नयाँ गीत ‘छुटेका सपना’ सार्वजनिक गरेका छन्। प्रवासमा रहेर पनि नेपाली गित सिर्जनालाई निरन्तरता दिँदै आएका जोशीले गीतमार्फत जीवनका अधुरा सपना, भावना र संघर्षलाई प्रस्तुत गरेका छन्।
‘छुटेका सपना’ का शब्द तथा संगीत हंसराज जोशीको रहेको छ। गीतको निर्देशन रोशन भट्टले गरेका छन् भने भिडियोमा सुभाष गजुरेल, हुमा भण्डारी, राजेश विश्वकर्मा लगायतको अभिनय रहेको छ। बाल कलाकारका रूपमा मिबिश पन्थालाई प्रस्तुत गरिएको छ।

गीतको गायन/एरेन्ज आदेश गुरुमाचनले गरेका छन् भने प्रकाश केसीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। भिडियोको छायांकन नविन उप्रेतीले गरेका छन्।
परदेशमा रहेर नेपाली गीत–संगीतलाई निरन्तरता दिइरहेका जोशीको ‘छुटेका सपना’ ले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

जोशी गित संगित मात्र नभई सामाजिक अभियन्ता समेत हुन् उनीले बिभिन्न संघ संस्था संगै रोटरी क्लब अफ न्युयोर्कको अध्यक्ष समेत रहेर सेवा पुर्याईसकेका छन् ।

‘छुटेका सपना’ को भिडियो:
भिडियो हेर्नुहोस् 👇