Banner

जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ

मकै हाउस मिडिया, 
फुकुओका, जापान — जापानको फुकुओका प्रिफेक्चुरल प्रहरीले नेपाली व्यावसायिक विद्यालयकी विद्यार्थी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या गरेको आरोपमा तीन नेपाली बिधार्थीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २८ वर्षीय सञ्जु तामाङ २५ वर्षीया अस्मिता तामाङ र २२ बर्षिय प्रबिन लामा रहेको जनाइएको छ। प्रहरीले उनीहरूलाई सेप्टेम्बर ८ मा पक्राउ गरेको हो।

अनुसन्धानकर्ताहरूका अनुसार अगस्ट १८ गते रातिदेखि १९ गते बिहानसम्मको समयमा फुकुओकास्थित राजवंशीको अपार्टमेन्टभित्र तीनै जनाले उनलाई भाँडोले टाउकोमा पटक–पटक प्रहार गरेको, डोरीले घाँटी कसेको र त्यसपछि बाल्कोनीबाट तल रहेको नदीमा फालेको आरोप छ। नदीमा खसेपछि डुबेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

राजवंशीको शव अगस्ट १९ गते बिहान उनको अपार्टमेन्टबाट करिब दुई किलोमिटर तल नदीमा फेला परेको थियो। उनको टाउकोमा धेरै चोटका निशान देखिएपछि प्रहरीले घटनालाई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको थियो। थप अनुसन्धानपछि उनको मृत्यु डुबेर भएको पुष्टि भएको बताइएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनाले आरोप स्वीकार गरेका छन् वा छैनन् भन्ने विषयमा भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन। घटनाको कारण तथा हत्याको उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

स्रोत: KBC

Loading...