
भोटेकोशी बाढीपीडितका लागि युनाईटेड शेर्पा फुटबल क्लब न्युयोर्क (USFC) द्वारा रु.१ करोड सहयोगको घोषणा
मकै हाउस मिडिया,
न्युयोर्क । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित नेपालीहरूको राहत तथा पुनःस्थापनाका लागि युनाईटेल शेर्पा फुटबल क्लब (USFC) ले १ करोड रुपैयाँ (NRS 10 million) सहयोग गर्ने घोषणा गरेको छ।
USFC ले United Sherpa Association (USA) Inc. मार्फत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ प्रदान गर्न लागेको जनाएको हो।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको सहयोगका लागि आफूहरूले यो मानवीय कदम अघि बढाएको USFC ले जनाएको छ। संस्थाले यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा समुदायप्रति धन्यवादसमेत व्यक्त गरेको छ।
USFC ले जारी गरेको सन्देशमा भनिएको छ, “यस पुण्य कार्यमा योगदान पुर्याउनुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ।”

नेपालमा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि प्रवासी नेपाली समुदायबाट विभिन्न स्तरमा सहयोग जुटिरहेका बेला USFC को यो सहयोग अर्को महत्वपूर्ण मानवीय योगदान हो ।


