Banner

बाढीपीडितको सहयोगार्थ हारथी इंकको संयोजकत्वमा ३ ळाख ५० हजार भन्दा बढी रकम सहयोग

मकै हाउस मिडिया, 

न्युयोर्क — नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावितहरूको राहतका लागि अमेरिकास्थित हारथी ईंकको संयोजकत्वमा गोफण्डमी मार्फत आर्थिक सहयोग उपलब्ध गराएको छ।

हारथी ईंकले सञ्चालन गरेको GoFundMe अभियानबाट $2,272.00 संकलन भएको थियो। GoFundMe को $76.13 सेवा शुल्क कटौतीपछि $2,195.87 रकम प्राप्त भएको र थप $220.00 व्यक्तिगत योगदान समेत गरी कुल $2,415.87रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोष (PMDRF) मा हस्तान्तरण गरिएको कम्पनीकी संचालक तथा महिला अधिकारकर्मी शर्मिला (समी) थापाले बताउनु भयो।

थापाको अनुसार उक्त रकम सेप्टेम्बर २३ मा बाढी तथा विपद् प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सिधै पठाइएको हो। हस्तान्तरण गरिएको रकम नेपाली रुपैयाँमा करिब रु. ३ लाख ६९ हजार ८ सय ३२ बराबर रहेको पनी बताउनु भयो ।

रकमको विवरण:

  • GoFundMe बाट संकलित: $2,272.00
  • GoFundMe सेवा शुल्क: $76.13
  • शुल्क कटाएर प्राप्त: $2,195.87
  • व्यक्तिगत योगदान: $220.00
  • कुल हस्तान्तरण: $2,415.87
  • नेपाली रुपैयाँमा करिब: रु. ३,६९,८३२.७२

थापाले अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद व्यक्त गर्दै उनीहरूको विश्वास, सहयोग र उदारताका कारण राहत रकम हस्तान्तरण गर्न सम्भव भएको समेत बताउनु भयो । 

त्यसैगरी, GoFundMe अभियानलाई अघि बढाउन Sonam Chokey Sonam Dhondup गरेको नैतिक सहयोग र साथका लागि सोनम छोकी र सोनाम ढोण्डुपलाई विशेष धन्यवाद दिनु भएको छ ।

 

Loading...