Banner

तिजको अवसरमा न्युयोर्कमा ‘गुन्जियो तिजको भाका’ (भिडीयो सहित)

 

मकै हाउस न्युज, अमेरीका ब्युरो, 

गुन्जियो तिजको भाकाबोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको महिलाहरुको महान चाड तिजलाई लक्षित गरेरअमेरिकाको न्युयोर्कबाट तिज गित ल्याईएको हो

न्युयोर्क शहरको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकोहो

माया गुरुङको पहीलो स्वरबद्ध रहेको गितमा माया स्वयंले अभिनय गरेको माया संगै उक्त भिडीयोमा गितका रचनाकार ममता राईयात्रीकमला राई, यशोदा राई, जानुका कंडेल, निरु राई प्रबिन गुरुङलाई पनि देख्न सकिन्छ

ममता राईयात्रीद्वारा लिखित उक्त गितमा संगित दिप घतानीले भरेका हुन् उक्त म्युजिक भिडियोमा छायांकन सम्पादन ओमकर्माचार्यले गरेका हुन, यशोदा राईको कोरियोग्राफी रहेको भिडीयो भने रमेश सुनुवारले निर्देशन गरेका हुन

न्युयोर्कको वुडसाईडमा रहेको रेडपान्डा नेपाली रेष्टुरेण्टमा एक कार्यक्रम बिच म्युजिक भिडीयो सार्वजनिक गरिएको कार्यक्रममान्युयोर्कका समादसेवी/समाजिक अभियन्ता केशबराम राई बिशेष अतिथिमा हुनुहुन्थ्यो नेपाली चेलीबेटीहरुले यस्तो व्यस्तताको बिच पनि नेपाली गित संगीतको बजारमा एउटा इटा थप्ने कार्य गरेकोमा सबैलाई हार्दिक बधाई तथा शुभकामना समेत दिनु भएको थियो

 

Loading...