
काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाजमा पुनः पण्डित उद्धव शास्त्री सर्वसम्मत अध्यक्ष चयन।
मकै हाउस न्युज, अमेरीका ब्युरो,
आज आयोजित द्वितीय क़ाभ्रेली बनभोज एवं साधारण सभा को भेलाले पं उद्धब शास्त्रीको नेतृत्वमा विधिवत रुपमा १३ सदस्यीय काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाज न्यूयोर्कको नयां कार्यसमितिमा
संस्थाको उपाध्यक्ष – नारायण प्रसाद तिमल्सिना सचिब – उद्धब प्रसाद हुमागाई, सह सचिब – भगवती कार्की लाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बालकृष्ण थापा, सूर्यमाया श्रेष्ठ, कुमार प्रसाद तिमलसिना ,श्याम मगराती ,सुनीता वैद्य ,गीता अधिकारी , सुरेन लामा र शिशिर हुमागाई लाई सर्वसम्मत चयन गरको छ ।आजै सामाजिक अभियन्ता बाबुराम लामाको समयोजकत्वमा अर्जुन मैनाली, सूर्य देउजा , अशोक कार्की, शशि घिमिरे , गोबिंद कुमार लामा, महेश मल्ल , राधाकृष्ण देउजा ,ओम् प्रकाश ढोडारी, गोपी ढ़ुंगाना , सहकुल खत्री, जनक भण्डारी, मोहन बिष्ट सदस्य रहने गरी एक सल्लाहकार समिति समेत गठन गरेको छ । आजको बैठकले बिभिन्न टास्क फोर्सको गठन गरेर संस्थाको वार्षिक योजना तर्जुमा गर्री अमेरिकी प्रवासका काभ्रेली तथा सम्पूर्ण नेपालीहरुलाई हरेक सुख दु:खमा सहयोग, साथ र सल्लाह उपलव्ध गराउने निर्णय गरेको छ । क्वीऩ्स को कोरोना पार्कमा आयोजना गरिएको बनभोज कार्यक्रमा काभ्रे जिल्लाबाट आएर न्यूयोर्क आसपास बसोबास गर्ने करिब ७० परिवारको उपस्थिती रहेको थियो ।
सर्वसम्मति बाट चयन भएका संस्थाका अध्यक्ष पण्डित शास्त्रीले काभ्रेली बन्धुहरुमा एक आपसमा जानपहिचानका साथ हरेक सुख दुःखमा हातेमालो गर्दै परदेशमा पनि नेपालकै गाऊँ घरमै रहेको अनुभूती गराऊँदै अमेरीकामा र स्वदेशमा समेत कल्याणकारी कामहरु गर्दै अगाडी बढने उद्देश्य समाजले लिएको तथा समाजको बिस्तार अन्य राज्यहरुमा समेत गर्दे सिँगो अमेरीकामा रहेका क़ाभ्रेलीहरूलाई एकै सूत्रमा बाँधने योजना रहेको बताऊँनु भयो ।यो संस्था काभ्रेलिहरूको नितान्त सामाजिक-धार्मिक-सांस्कृतिक गुठी भएकोले यो कुनैपनि नेपाली-अमेरिकी राजनीतिक गतिबिधि रहित हुने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो । उहाँले सबै काभ्रेलिजनहरूलाई संस्थामा आबद्ध हुन समेत आग्रह गर्नु भयों ।
कार्यक्रमलाई सामाजिक ब्यक्तित्वहरू बाबुराम लामा , राधाकृष्ण देउजा , महेश मल्ल, अशोक कार्की, सूर्य देउजा नारायण तिमल्सेना गोविन्द कुमार लामा , भगवती कार्की , लगायतले सम्बोधन गर्नु भएकों थियो भने उद्धव प्रसाद हुमागाईं ले कार्यक्रम संचालन गर्नु भएको थियो ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार समाजले हालसम्म प्रारम्भिक संस्था दर्ता सम्पन्न गरी ५०१(C) को प्रक्रियाको लागी आवेदन समेत पेश गरिसकेको छ भने हालसम्म अमेरिका र नेपालमा बिपदमा परेका ब्यक्ति र समुदायलाई आर्थिक र भौतिक सहयोग समेत गरेको छ । अझैपनि
कोरोंना को क़हर एवं प्रचण्ड गर्मी को बिच पनि अत्यंत भव्य र सभ्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बालबालिकाहरूका लागी भलीबल र अन्य खेलहरूको ब्यवस्थाले गर्दा ऊनीहरू रमाईरहेका देखिन्थे ।