Banner

हरिवनमा खुल्यो सुविधा सम्पन्न बर्गर हाउस।

 

मकै हाउस टिभी एण्ड न्युज, राजु तामाङ, हरिवन
असार २२ गते बुधबार।

सर्लाहीको हरिवनमा सुविधा सम्पन्न द बर्गर हाउस खोलिएको छ।

हरिवन नगरपालिका – ११ निवासी प्रतिष्ठित युवा व्यवसायी तथा हरिवन उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका प्रयागराज पोतेले बुधबारबाट बर्गर हाउस सञ्चालनमा ल्याएका हुन।

हरिवन बजार स्थित पश्चिम लच्का नजिक रहेको सम्राट होटेल छेउमा खोलिएका बर्गर हाउसको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले बुधबार दिउँसो उद्घाटन गरेका हुन।

 

करिब ३ करोडको लगानीमा बर्गर हाउस, थकाली भान्छा घर, सेकुवा कर्नर एण्ड गेष्ट हाउस सञ्चालनमा ल्याएको व्यवसायी पोतेले बताए। बर्गर हाउसको बुधबार औपचारिक उद्घाटन गरे पनि थकाली भान्छा घर, सेकुवा कर्नर एण्ड गेष्ट हाउस भने एक सातापछि मात्रै सञ्चालनमा आउने उनले बताए।

बर्गर हाउस उद्घाटनको अवसरमा बुधबार साँझबाट राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित असार २७ गते सम्मका लागि रात्रीकालिन कन्सर्ट सुरु भएको छ। जस अन्तर्गत आज पहिलो दिन समल शेर्पा र संजिता सिंहले प्रस्तुति दिइरहेका छन।

 

 

Loading...