Banner

नेपाली उत्पादन बिश्वब्यापीकरणको निमित्त नाएग्रा फल्समा “नेपाल फेस्टिभल” हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।गत सेप्टेम्बर १४, बुधबारको दिन हामी नेपाली ग्लोबलले एक पत्रकार सम्मेलन गर्दै आगामी अक्टोबर १ र २ मा हुने “नेपाल फेस्टिभल” बारे बिस्तृत जानकारी गराएको छ । 

न्युयोर्कको ज्याक्सन हाईट्स स्थित डि.एक्स.एन सेन्टरमा भएको उक्त पत्रकार सम्मेलनमा हामी ग्लोबलका  पब्लिक रिलेशन अफिसर तथा नेपाल फेस्टिभलका आर्थिक संयोजक शोभाकान्त पाण्डेले फेस्टिभलमा लाग्ने खर्च र आए बिबरण बारे स्पष्ट पार्दै  फेस्टिभलमा न्युयोर्क शहरबाट नाएग्रा फल्स जान ईच्छुकलाई १ रात २ दिनका लागि बस्ने खाने खर्च सहित अमेरिकी १०० डलरमा मिलाउने सुबिधा बारे समेत जानकारी दिएका थिए । 

हामी नेपाली ग्लोबलका अन्तराष्ट्रिय अध्यक्ष अमृत लामाको सभापतित्वमा सुरु भएको उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्र्याउन तथा नेपाली उत्पादन विश्व बजारमा प्रवद्र्धन तथा बजार पनि खोज्ने मुल उद्धेश्यले “नेपाल फेस्टिभल”को आयोजना गर्न लागिएको कुरा राख्दै उक्त कार्यक्रम विशुद्ध सामाजिक कार्य भएकोले यसलाई राजनीतिक तथा धार्मिक रुपमा नभएर नेपाल र नेपालीका लागि आयोजना गर्न  लागिएको कुरा समेत बताएका छन् । त्यसैले सम्पुर्ण अमेरिका बासि नेपालीहरुलाई उक्त फेस्टिभलमा आउन आग्रह समेत गरेका छन् । 

त्यस्तै आदिवासी जनजाती महासंघ अमेरिकाका सभामुख सुवर्ण शाक्यले कार्यक्रम सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

 सम्मेलनमा पत्रकार संघ, अमेरिकाका कार्यबाहक अध्यक्ष मच्छे गुरुङले नेपालमा पर्यटक भित्र्याउन तथा नेपाली उत्पादनलाई विश्वबजारमा प्रवद्र्धन गर्नुपर्ने दायित्व सबैको हो भन्दै आयोजक समितीलाई आवस्यक सहयोग गर्ने भन्दै फेस्टिभल सफलताको शुभकामना दिएकी थिईन । 

त्यस्तै तमु सोसाइटी अफ अमेरिकाका सभापति तोरण गुरुङले अमेरिकामा रहेका नेपालीहरुको विभिन्न प्रकारका संस्था रहे पनि सबै नेपाली एकजुट भएर नेपाल र नेपालीको हितमा लाग्नुपर्ने बताए । उनले हामी नेपाली ग्लोबल उदाहरणीय रुपमा अगाडि बढेको भन्दै अन्य संस्थाले पनि समाजसँग मिलेर सहकार्य गर्नुपर्ने बताए ।

 

युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्युयोर्क च्याप्टरका सभापति ममता खालिङ राईले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्र्याउन पर्यटनको प्रवद्र्धन मात्र नभएर त्यसमा आवद्ध धेरैले रोजगारी पाउने समेत बताइन् । 

 

“नेपाल फेस्टिभल २०२२” नायग्रा फल्समा अक्टोबरको १ र २ मा हुदैछ जाने हैन त नायग्रा फल्स ? 

 

Loading...