
छायॅाले न्युयोर्कमा साना ब्यवसायीको समस्या र समाधान बिषयक राउण्डटेबल कार्यक्रम सम्पन्न गरेको छ ।
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । गत बिहिबार छायॅा सामुदायिक विकास निगमले न्युयोर्कमा नेपाली साना ब्यपारी बिच राउण्डटेबल कार्यक्रम सम्पन्न गरेको छ ।
छायॅा सामुदायिक विकास निगमले न्युयोर्कको आयोजनामा नेपाली साना ब्यवसायीहरुको समस्या र एस्को समाधान बारे कसरी न्युयोर्क साना ब्यवसाय सेवाले सहयोग पुर्याउन सक्छ भन्ने बारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा न्युयोर्क साना ब्यवसाय सेवा (NYC Small Business Service “SBS”) का आयुक्त केबिन किमले न्युयोर्कको ज्याक्सन हाईट्समा साना तथा मझौला ब्यवसाय गरेर बसेका ब्यपारीहरुको समस्याहरु सुनेका थिए । साना ब्यवसाय गर्नेहरुमा अधिकांश रेष्टुरा ब्यवसायीहरुको सहभागिता रहेको थियो । रेष्टुरा ब्यवसायीहरुले आफ्नो समस्या राख्ने क्रममा कोभिड महामारीको बेला भएको क्षतीपुर्तीको आशा गरे अनुसार सहयोग प्राप्त नभएको र कतिले उ बेला क्षतिपुर्ती प्राप्तीको लागी आबेदन दिएको तर हाल सम्म केही पनि सिटीबाट प्राप्त नभएको गुनासो समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा आयुक्त किमले साना ब्यवसाय संग सम्बन्धित कुनै पनि समस्या भए हामिलाई हाम्रो अफिसियल ईमेल मार्फत सम्पर्क गर्नुहोस् हामी तपाईलाई सहयोग गर्नेछौ आश्वासन समेत दिनुभएको थियो ।

आयोजक टिम छायॅाकी कार्कारी निर्देशक अन्निता शिचरनले साना ब्यवसायहरु भनेको समुदायको ब्याकबोन हो र उनिहरुको सुरक्षा हाम्रो जिम्मेवारी हो, हामी हाम्रो समुदायको साना ब्यवसायहरुलाई माथि उठाउन र उनिहरुको गाह्रो परिस्थितीमा हामी सधै साथ रहने बिस्वास ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा न्युयोर्क साना ब्यवसाय सेवाका आयुक्त किम संगै, सिटी परिषद सदस्य शेखर कृष्णन, परिषद सदस्य जुली वन, न्युयोर्क राज्य सभा सदस्य माननिय स्टेभन रागा र नेपाली महावाणिज्यदुतको कार्यालयका बाणिज्यदुत गणेश अधिकारीको सहभागिता रहेको थियो । उनिहरुको सहभागिताको लागी छायॅाको तर्फबाट निरन्तर सहयोग र साथ दिएकोमा धन्यबाद ब्यक्त गरेका थिए ।

परिषद सदस्य शेखर कृष्णनले आफ्नो मन्तब्य राख्नेक्रममा “हरेक दिन, न्यूयोर्कवासीहरू आवश्यक सेवाहरू र सामानहरूको लागि साना व्यवसायहरूमा भर पर्ने गर्दछन्, शहरको अस्तित्वमा उनीहरूको महत्त्वपूर्ण भूमिकालाई हाइलाइट गर्दै, साना व्यवसायी सेवा आयुक्त किम र छायासँगको यो गोलमेज (राउण्डटेबल) छलफलले नेपाली साना व्यवसायीहरू र नगर सरकारबीचको सम्बन्ध राम्रो स्थापित गर्यो, उनीहरूका चुनौती र चिन्ताहरूलाई सम्बोधन गर्न रचनात्मक संवादले सहज बनाएको छ । र तिनिहरुले हामीलाई सेवा दिरहेका छन् र हामीले उनिहरुलाई हामीले सेवा दिईरहेका छौ” ।

नेपाली समाजको प्रतिनिधित्व गर्दै माईनोरिटी ईम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रीया तुलाधारले ज्याक्सन हाईट्समा संचालित साना ब्यवसायहरुको बर्तमान अवस्थाबारे कुरा राख्दै नेपाली ब्यवसायीहरुसंगको आयुक्तको अन्तरक्रियालाई नेपाली र अंग्रेजीमा उल्था गरी दोभाषेको काममा समेत मदत पुर्याएकी थिईन् ।
