
फिप्नाको कार्यक्रममा योगदान पुर्याएका स्वंयसेवकहरुलाई “कदर -२०२५” द्वारा सम्मान
मकै हाउस मिडिया, केशवराम राई
न्यूयोर्क, नोभेम्बर 15, 2025 — नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (FIPNA) ले आज एल्महर्स्ट अस्पतालको अडिटोरियममा “FIPNA Volunteer Appreciation 2025” भव्य रुपमा सम्पन्न भएको छ ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा वर्षभरि विभिन्न कार्यक्रमहरूमा योगदान पुर्याउने स्वयम्सेवक, सदस्य संस्थाका प्रतिनिधि तथा कलाकारहरूको सम्मानसहित विविध प्रस्तुतिहरू रहेका थिए।
कार्यक्रमको अध्यक्षता FIPNA का अध्यक्ष तोरण गुरुङले गर्नुभएको थियो भने कार्यक्रम FIPNA का महासचिव दीपक चौधरीले सञ्चालन गर्नुभएको थियो। FIPNA की सभामुख भारती राईले सभमुखको आसहणग्रहन गर्नु भएको थियो। साथै FIPNA अन्तर्गतका सदस्य संस्थाका अध्यक्षहरू तथा समुदायका वरिष्ठ अग्रणीहरू पनि विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमको औपचारिक रूपमा नेपाली आदिवासीको पैहिचानका ळागि आफ्नो ज्यान गुमाउनु भएका ज्ञात -अज्ञात सहिद प्रति १ मिनेत मौन धारण गरेर सुरू गरिएको थियो। FIPNA का वरिष्ठ उपाध्यक्ष पेमालामाले उपस्थित स्मपूर्ण मानुभाबहरूलाई स्वागत गर्नुभएको थियो। उहाँले स्वयम्सेवकहरूको निःस्वार्थ योगदानबिना FIPNA को कुनै पनि कार्यक्रम सफल हुन नसक्ने उल्लेख गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
FIPNA की सचिव दाजिमा शेर्पा र कृष्णमाया महर्जनले FIPNA सांस्कृतिक सांझको संयोजकको रूपमा आफ्नो अनुभव बाँड्दै स्वयम्सेवक तथा कलाकारहरूकै कारण कार्यक्रमहरू समुदायमैत्री र प्रभावकारी बन्न सफल भएको बताए।
त्यस्तै गरी फिप्नाका अर्की सचिब तथा गत बर्षको फिप्ना सांस्कृतिक सॅाझकी संयोजक समेत रहेकी शान्ति गुरुंगले फिप्ना संग जोडिएर बिभिन्न किसिमको सामुदायिक केन्द्रित काममा हातेमाले गर्न पाएकोमा खुशी ब्यक्त गर्दै एस्ता किसिमका कदर कार्यक्रमले झनै स्वयम्सेवाको काममा अगाडी बढ्न मद्दत गर्ने कुरा जनाएकी छन् ।

त्यसैगरी, विश्व आदिवासी दिवस 2025 का संयोजक तथा FIPNA का क्षेत्रीय उपाध्यक्ष पूर्ण बहादुर पाईजा मगरले आफ्नो नेतृत्व अनुभव प्रस्तुत गर्दै सामुदायिक कार्यक्रममार्फत युवा सहभागिता अझै बढाउनुपर्ने र परेड डे प्रत्येक बर्ष निरन्तररुपमा हुने पनी बताउनु भयो ।
FIPNA की सह-कोषाध्यक्ष तथा स्वयम्सेवक समन्वयक दावा ल्हमो शेर्पाले स्वयम्सेवक तथा युवा कलाकारहरूको उत्साह, प्रतिबद्धता र निरन्तर सहयोगले FIPNA को गतिविधि अघि बढिरहेको बताउँदै, आगामी दिनमा पनि निरन्तर साथ र योगदान जारी राख्न सबैलाई आग्रह गरिन्।

सदस्य संस्थाहरूको तर्फबाट किरात याक्थुङ चुम्लुङका पुरण लिम्बु, मगर एशोसिएसनका दिपसागर बुद्धा मगर, तामाङ सोसाइटी अफ अमेरिकाकी उमा तामाङ, तथा नेपाली अमेरिकन आर्टिस्ट एसोसिएसनकी बसन्ती राईले आफ्नो अनुभव र संस्थाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
कलाकारको तर्फबाट लाल तामाङले FIPNA का कार्यक्रमहरूमा कलाकारहरूको भूमिकाबारे बोले भने युवा स्वयम्सेवक निमा शाङपो शेर्पाले आफ्नो स्वयम्सेवक यात्राको प्रेरणादायी अनुभव सुनाइन्।
सामुदायिक अग्रणी केशवराम राई, जो युनाइटेड किरात राई संगठन अमेरिकाका उपाध्यक्ष समेत हुनुहुन्छ,ले कार्यक्रमको महत्व र युवाको सक्रियताबारे उल्लेखनीय विचार प्रस्तुत गरे।
कार्यक्रमभरि उपस्थित स्वयम्सेवक, कलाकार, सदस्य संस्थाका प्रतिनिधि तथा सामुदायिक नेताहरूले संस्थाको गतिविधिले अमेरिकास्थित नेपाली आदिवासी समुदायको पहिचान, संस्कृति संरक्षण र समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।

कार्यक्रम अध्यक्ष तोरण गुरुङले अन्तिम मन्तव्य दिँदै सबै सहयोगी हातप्रति धन्यवाद ज्ञापन गर्नुका साथै आगामी कार्यक्रमहरूमा अझ सबल रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

