Banner

सोनाम पाख्रिनद्वारा निर्देशित ” आँखा आखामा जुधी” म्युजिक भिडियो सार्वजनिक

साउन १६, काठमाडौं । आंखा आंखा जुधी गीतको भिडियो सार्वजनिक भएको छ ।
गीत भ्वाइस अफ नेपाल सिजन–३ का प्रतियोगी गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द ध्रुवप्रसाद अम्गाई, संगीत लेखु सहयात्रीको रहेको छ ।

उक्त भिडियोमा मोडल सन्तोष बानिया तथा श्रेया सिटौलको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियो चर्चित भिडियो निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।

Loading...