
अमेरिकामा एकै हप्ता दुई नेपाली युवाको मृत्यु
मकै हाउस न्युज– अमेरिका ब्युरो,
अमेरिकामा एकै हप्ता दुई नेपाली युवाको मृत्यु भएको छ । नेपाल घर पर्वतका रहेका बर्ष २८ का बिपिन लम्साल २०१६ देखि अमेरिकाको न्युयोर्क वसोबास गर्दै आईरहेका थिए ।
उनको मृत्यु जुलाई २७ का दिन कामबाट फर्किएर आफ्नो कोठाको शौचालय प्रयोग गर्न जादा अकस्मात बेहोस भई भुईमा ढलेर मृत्यु भएको हो । अर्का युवा दक्षिणकालि, काठमाण्डौ घर भएका २२ बर्षिय सृजन कुवर हुन् अमेरीकाको विन्सकन्सिन राज्यमा २०१९ देखि बसोबास गर्दैआएका थिए ।
उनि २०१९ मा डिभी लौटरी मार्फत अमेरीका आएका हुन् । विन्सकन्सिनको एउटा स्टोरमा कार्यरत सृजन काम गर्ने क्रममाएक्कासी बेहोस भई ढले पछी उनको मृत्यु भएको हो । दुबैलाई बेहोस भएर लडे पछी सहकर्मीले अस्पताल लगेको थियो तर बचाउन सकेन ।
दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहाल द्वाराजारी विज्ञप्तिमा उल्लेख छ ।विपिन लम्सालको शव नेपाल फर्काउन एनआरएनए न्युयोर्क च्याप्टरले गोफण्डको माध्ययमबाट केही रकम सङ्कलन गरिसकेको छ ।
एनआरएनए विन्सकन्सिन च्याप्टरले पनि सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक पर्ने रकम सङ्कलन गर्न मङ्गलवार गोफण्डसन्चालनमा ल्याएको छ ।