Banner

नेपालीको उद्दारको लागी नेपाल बायुसेवा निगमको जहाज अफगानिस्तान जाने तयारीमा

गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायकाअधिकारीलाई निर्देशन दिनुभएको

गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाईमन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाईस्वदेश फर्काउने कार्ययोजना बनाउँदा उपयुक्त हुने धारणा व्यक्त गर्दै भन्नुभयो, “नेपाल फर्काएपछि उनीहरुलाई कोभिड१९ महामारीकोसन्दर्भमा पिसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनलगायत व्यवस्था गरी उनीहरुलाई घरसम्म पु¥याउने गरी कार्ययोजना बनाउनुपर्छ’’

मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदैसबै निकायबीच समन्वय सूचना आदानप्रदान गर्न पनि निर्देशन दिनुभयो बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल नेपाल प्रहरीकामहानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धाननिर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत विभिन्न मन्त्रालयका अधिकारीले अफगानिस्तानमारहेका नेपालीको अवस्था उद्धारका सन्दर्भमा आवश्यक कामका विषयमा गृहमन्त्रीसमक्ष ब्रिफिङ गर्नुभएको थियो

मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदैसबै निकायबीच समन्वय सूचना आदानप्रदान गर्न पनि निर्देशन दिनुभयो बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल नेपाल प्रहरीकामहानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धाननिर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत विभिन्न मन्त्रालयका अधिकारीले अफगानिस्तानमारहेका नेपालीको अवस्था उद्धारका सन्दर्भमा आवश्यक कामका विषयमा गृहमन्त्रीसमक्ष ब्रिफिङ गर्नुभएको थियो

बैठकलाई सम्बोधन गर्दै उहाँले अगफानिस्तानको घटनाले नेपालमा पनि केही केही प्रभाव पर्न सक्ने भन्दै त्यहाँ रहेका नेपालीनागरिकलाई कसरी सुरक्षित राख्ने स्वदेश फर्काउने भन्ने विषयमा स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न आग्रह गर्नुभयो

मन्त्री खाँणले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काएपछि गर्नुपर्ने तयारीका बारेमा समेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो उहाँले स्वदेश फर्काएपछि गर्नुपर्ने स्वास्थ्य परीक्षणको व्यवस्था, सङ्क्रमतिको उपचारको व्यवस्था अरूलाई घरसम्म पु¥याउने संयन्त्रकोसमेत व्यवस्था मिलाउन निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो

यो संगै राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको आगामी भदौ ११गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको

उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार निगमले बताएको यदि निगमले चार्टर उडानका लागि अनुमति पाए आगामी अगस्ट २७ मा अफगानिस्तानको काबुल पुगेर सो क्षेत्रमा रहेका करिब एकसय जना नेपालीलाई स्वदेश फर्काइनेछ

यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ ९७४९३२६४५९ को व्यवस्था गरिएको आफ्नोअवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिकनियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न स्वदेश फर्काउन विशेष पहलगरिरहेको

सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचनाआदानप्रदान समन्वय गरेर गर्नुपर्नेमा जोड दिइएको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरू, कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत रूपमायकिन गरी आवश्यक समन्वयका साथ उद्धारका लागि गठित कार्यदलका सदस्यको सहभागिता थियो

बैठकमा परराष्ट्र मन्त्रालयले हाल अफगानिस्तानमा रहेका नेपालीको अवस्था, उनीहरूको सुरक्षा सुरक्षित तवरबाट स्वदेश फर्काउनभइरहेका प्रयासबारेमा जानकारी गराइएको थियो सुरक्षा निकायका प्रमुखले सो घटनाबाट मुलुकमा पर्न सक्ने प्रभाव सुरक्षाकासम्बन्धमा अपनाउनुपर्ने सावधानीका बारेमा प्रस्तुति गरेको गृह मन्त्रालयले जनाएको

गृह सचिव पाण्डेले अफगानिस्तान घटनाका कारण नेपालमा कुनै कुनै रूपमा प्रभाव देखिन सक्ने हुँदा पूर्वसावधानी आवश्यक रहेकोबताउनुभयो उहाँले त्यहाँ रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनैतिक सम्पर्क बढाउने, पर्यटन मनत्रालयलेवायुसेवालाई तयारी अवस्थामा राख्ने, नेपाली नागरिकलाई नेपाल ल्याइसकेपछि उनीहरूको व्यवस्थापन गर्न होल्डिङ सेन्टर होटेलक्वारेन्टिनको प्रबन्ध, खोपको व्यवस्थालगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो

त्यस्तै सीमा नाकामा निगरानी बढाउने, सो घटनालाई लिएर हुन सक्ने कुनै पनि गतिविधिमाथि निगरानी एवम् नियन्त्रण गर्ने गरी तयारीअवस्थामा रहन आवश्यक रहेको उल्लेख गर्नुभयो सरकारले आइतबार परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपालीको उद्धारकालागि समन्वय गर्न कार्यदल गठन गरेको अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइन प्रणालीमार्फत दर्ता गर्नसमेत आग्रह गरेको

त्यस्तै आवश्यक सम्पर्क कायम गर्न भाइबर ह्वाट्सएप नम्बरसमेत उपलब्ध गराएको प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीकोउद्धारका लागि कुनै पनि कसर बाँकी नराख्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताइसक्नुभएको प्रमुख राजनीतिक दलले समेतअफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइसकेका छन्

Loading...