
आज कोसी, नारायणी, कर्णाली लगायतमा बहाव बढ्ने
भदौ ७, काठमाडौं । कोसी, नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।
कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव केही बढ्ने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काठमाडौं उपत्यका, मकवानपुर, चितवन, सिन्धुली, नवलपुर, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, दैलेख, जाजरकोट, कञ्चनपुर, कैलाली, दार्चुला, अछाम, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
