
बिहेमा कुखुराको मासु संग लिट्टी नदिएको भन्दै झगडा, एकको मृत्यु तिन घाईते
एजेन्सि, भारतको बिहार राज्यमा कुखुराको मासुसँग लिट्टी नदिएको आरोपमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रकोनरकटियामा लडाइँ नै भएको छ।
उक्त लडाईंमा एक जनाको मृत्यु पनि भएको छ। घटनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छिमेकमा जन्ती आएकोथियो। जन्तीमा कुखुराको मासुसँग लिट्टी नदिएको भन्दै विवाद सुरु भएको हो ।
विवादले उग्ररुप लिए पछि लडाई भएको हो। घटनामा राजेन्द्र सिंहलगायत चार जनालाई कट्टा प्रयोग गरिएको थियो । चारैजनालाईउपचारको लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो। त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृतघोषित गर्रिदिए भने तीन जना गम्भिर घाइतेहरुलाई अर्कै अस्पताल पठाइयो।
प्राप्त जानकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह गम्भीर घाइते भएका छन्। शुरुमा उनीहरुलाईउपचारका लागि गोपालगञ्ज सदर अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो।
त्यहाँ चिकित्सकहरूले प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखपुर रिफर गरेका छन्। त्यसपछि परिवारका सदस्यहरूले तीनजना घाइतेलाई गोपालगञ्ज अस्पतालबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन्।