
आई एम आउट,लेट पोलिटिस्क वर्क-प्रशिक्षक,अब्दुल्लाह अलमुताइरी राष्ट्रिय फुटबल टिम
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फुटबल विवाद समाधानका लागि गठित छानविन समितिकोप्रतिवेदनमा असन्तुष्ट रहेको संकेत गरेका छन्। प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरण तथा बानी व्यहोरामासुधार गर्नुसहित ११ बुँदे सुझाव दिइएको छ।
प्रतिवेदनमा भनिएको छ,’प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्नेदेखिन्छ।’ बुधबार छानविन समितिले प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझाएसँगै अलमुताइरीलेसामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन्।
उनले लेखेका छन्– आई एम आउट… लेट पोलिटिस्क वर्क।
एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमाछानविन समिति गठन गरेको छ। समितिले झन्डै ३ साता लगाएर तयार प्रतिवेदनमा अलमुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझावप्रतिवेदनमा समेटेको छ।
साउन ७ गतेको एउटा घटना बढ्दै जाँदा फुटबलमा त्यसले ठूलो विवादका रुपम लिएको थियो। दुई सञ्चारकर्मीसँगको आफ्नो विवादमाअलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई पनि तानेपछि विवादको श्रृखंला लम्बिदै गएको थियो। अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिरधुमपान गरेको विषय उनलाई दुई सञ्चाकर्मीले गरेको प्रश्नबाट विवाद सुरु भएको थियो।