
हिमालको ‘भुलिदेउ’ मा पुर्ण र लक्ष्मीको प्रेम कथा (भिडीयो सहित)
मकै हाउस न्युज, अमेरीका ब्युरो
गायक हिमाल सागरको स्वर र संगीतमा तयार भएको ‘भुलिदेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोहन पौडेल ‘जनक’को सेण्टिमेण्टल प्रेम भर्सनको शब्दमा महेश्वरमान राजभण्डारीको संगीत संयोजन रहेको छ ।
ब्लड क्यान्सरले पीडित प्रेमिका र शंकालु प्रेमीबीचको कथा लाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको म्युजिक भिडियो लाई बिक्कीपुलामीले निर्देशन गरेका हुन् र भिडीयोमा पुर्ण लम्साल,लक्ष्मी ओली र हिमाल सागरको अभिनय रहेको छ ।
अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा छायांकन गरिएको म्युजिक भिडियोलाई शैलेश घलेले छायांकन गरेका हुन् भनेसम्पादन बिष्णु खड्काले गरेका हुन् ।