Banner

मुलुकभर मनसुन सक्रिय, यी प्रदेशमा भारी र धेरै भारी वर्षाकाे सम्भावना

भदौ १२, काठमाडौ। मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू(भाग नजिक रहेकाले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

शनिबार बिहान सातवटै प्रदेशका केही– केही स्थानमा वर्षा भइरहेको छ। शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारी÷धेरै भारी र बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीरधेरै भारी वर्षाको आँकलन गरिएको छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।

सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक– दुई स्थानमा धेरै भारी हुने सम्भावना छ।

Loading...