
लायन्स क्लब अफ क्विन्स केटिएमका महिला लायनहरुको भब्य तिज कार्यक्रम
मकै हाउस न्युज, अमेरीका ब्युरो
यहि अगष्ट २८ तारिख शनिवार लायन्स क्लब अफ क्विन्स केटिएम द्वारा नेपाली महिलाहरूको महान् पर्व “तीज” कार्यक्रम क्लबकालायन महिलाहरूको सहभागितामा बिभिन्न खाना परिकार सहित आपसी भेटघाट र नाचगान गर्दै सम्पन्न भएको छ ।

महिलाहरू आफैंले घरमा तयार गरेका बिभिन्न खानाका परिकारहरू उक्त कार्यक्रममा राखिएका थिए । नेपाली तीज गीतमा रातो सारी रगहनामा महिला दिदीबहिनीहरू अत्यंन्त उत्साहका साथ नाचगान गर्दै एकआपसमा रमाइलो गरिरहेको देखिन्थ्यो ।
क्लबले नेपाली चाडपर्व संस्कृतिलाई प्रवासमा पनि जीवन्त राख्न यसप्रकारका कार्यलाई क्लबको बार्षिक कार्ययोजनामा समावेश गरीयसप्रकारका कार्यक्रम आयोजना गर्दै आइरहेको छ।
कार्यक्रममा नयां लायन सदस्य बन्न इच्छुक केहि ब्यक्तिहरूलाई समेत स्वागत गरिएको थियो । लायन्स क्लब इन्टरनेशनल क्लबस्पेशियालिटी कोअर्डीनेटर लायन कृष्ण आचार्यको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी लायन महिलाहरूको सक्रियताकोप्रशंशा गर्दै यो क्लब न्यूयोर्कमै सबैभन्दा बढ़ी महिला सदस्य भएको क्लबहरू मध्ये एक भएकोले अब नेपाली महिला लायनहरूले पनिआफ्नो नेतृत्व क्षमता बिकास गर्दै जानुपर्ने कुरामा लायन आचार्यले जोड दिनुभयो ।
अन्त्यमा कार्यक्रम सफल आयोजनामा सक्रिय महिला लायन तथा उक्त कार्यक्रमा संयोजक रश्मी श्रेस्ठ, भगवती कार्की र बिष्णुतामाँगको बिशेष प्रशंशा र धन्यवाद ब्यक्त गरिएको थियो भने कार्यक्रम ब्यवस्थापनमा सहयोग गर्नुहुने क्लब चार्टर्ड प्रेसिडेंन्ट लायन रुद्रपुनप्रति आभार प्रकट गरिएको थियो ।