
कमल सुब्बाको एक सय बिपन्न परिवारलाई चप्पल सहयोग
सात स्टार बाउन्सर कम्पनी, काठमाण्डौले झापाका गरिब तथा बिपन्न बर्ग साथै सडक आश्रित मानवका लागी मेची महाकाली सफाइअभियानका साथै हाम्रो अभियान नेपाललाई सय (१००) जोर चप्पल प्रदान गर्नु भएको छ ।
सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आईरहनु भएका सेक्युरिटी बाउन्सर कम्पनीका निर्देशक कमल सुब्बा (सेलिंग)का अनुसार देशमै केही गर्छु भन्ने ३००० युवालाई रोजगार प्रदान गर्दै आउनु भएको छ ।
सातै प्रदेशमा शाखा बिस्तार गर्दै हजारौं युवाहरुलाइ रोजगारी दिने कम्पनीको लक्ष्य रहेको छ । कम्पनीले यसअघि पनि विभिन्न संस्थाहरुलाई मास्क सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्रीहरु प्रदान गर्दै आएको छ ।