
अफगानिस्तानमा बेलायत सरकार र सेनालाई सहयोग गर्ने जो कोहीलाई बेलायतमा स्थायी रुपमा बस्न दिने
एजेन्सी, बेलायत सरकार र सेनालाई सहयोग गर्ने जो कोही बेलायतमा स्थायी रूपमा बस्न सक्ने बेलायतको गृह मन्त्रालयले घोषणा गरेको छ। यसअघि पाँच वर्ष बस्ने प्रस्तावलाई अनिश्चितकालको लागि बढाइएको छ।
बेलायतले १३ अगस्त २०२१ देखी ‘अफगानिस्तान पुनर्वास र सहायता नीति’ अन्तर्गत योग्य रहेका आठ हजार मानिसहरुलाई एयरलिफ्टगरेको छ। लेबर पार्टी भन्छ, ‘अफगानिस्तान छोडेपछि पनि आफ्नो ज्यानको लागि धेरै अफगानहरुको लागि अधिक सहयोगकोआवश्यकता छ।’
गत साता मात्रै बेलायती सेनाले अफगानिस्तान छोडेका थिए। संगै अफगानिस्तानमा बेलायतको २० बर्षे सैन्य संलग्नता पनि समाप्तभएको छ ।
विदेश सचिव डोमिनिक राबको अनुसार ‘अफगानिस्तानमा कति जना मानिसहरु बेलायत आउन योग्य छन् भन्ने विषयमा कुनै पनि सटिक तथ्यांक दिन सकिदैन।’
‘अपरेशन वार्म वेलकम’ नामक आफ्नो योजनाको विस्तृत विवरण दिंदै गृह कार्यालयले भन्यो, ‘यो सुनिश्चित गर्न चाहन्छ कि बेलायतआउने अफगानीहरुलाई आफ्नो जीवन नयाँ ढंगले सुरू गर्न मद्दत हुन सकोस’।
अफगानी पुनर्वास र सहायता नीति (एआरएपी) स्थानीय स्तरमा कार्यरत पूर्व कर्मचारीहरु र उनीहरुको परिवारको लागी हो। यी तीव्यक्ति हुन् जो तालिवानबाट जोखिममा हुन सक्छन्।
प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो एउटा सम्बोधनमा भनेका छन्, ‘अफगानिस्तानमा सशस्त्र सेनासंग काम गर्नेहरुका लागी बेलायतधेरै ऋणी छ।’
‘म दृढ छु कि हामी उनीहरु र उनीहरुको परिवारलाई बेलायतमा आफ्नो जीवनको पुनर्निर्माणको लागी आवश्यक सबै सहयोग दिनेछौं’, उनले भने।