
बहुआयामिक युवा ब्यक्तित्व बिक्की पुलामीलाई ब्रुकलिन बोरो प्रेसिडेन्टद्वारा ‘कोभिड १९ हिरो’ साईटेसन बाट सम्मान
मकै हाउस न्युज, अमेरीका ब्युरो
गत शुक्रबार अमेरीका, न्युयोर्कको ब्रुकलिन बोरो प्रेसिडेन्ट एरिक आडम्सद्वारा मकै हाऊस मेडीयाका संस्थापक/कलाकार/म्युजिकभिडीयो निर्देशक/होस्ट तथा युवा सामाजिक अभियन्ता–बहुआयामीक युवा ब्यक्तित्व खडग बहादुर पुलामी (बिक्की पुलामी)लाई“COVID-19 HERO” कोभिड–१९ हिरो साईटेसन बाट सम्मान गरेको हो ।

२०१९ मार्च महिनाको दोश्रो हप्ताबाट सुरु भएको कोभिड १९को महामारीको चरम अवस्थामा अमेरीकाको न्युयोर्क र न्युजर्सिलाई कोभिड १९को केन्द्र बिन्दुको रुपमा लिईएको थियो ।
कोभिड १९ महामारीको चरम अवस्थाको समयमा न्युजर्सिको जर्सि सिटी र आसपासको क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको स्वास्थ्य रज्यान बचावको निमित्त ‘जर्सि सिटी हेल्पिंग ग्रुप’ नामक फेसबुक समुह बनाई ‘वान फ्यामिली, वान बक्स अफ फर्स्ट एड किट’ कार्यक्रममार्फत आज सन्चो होला तर यो महामारीको समय भोलि परिवारको कुनै पनि सदस्यलाई बिरामी अथवा बिसन्चो भयो र भन्ने बितिक्कैऔषधी किन्न बाहिर जान नपाउन सक्छ । हो त्यस्तो बेला सहयोग हुन सकोस भन्ने हेतुले जर्सि सिटि र आसपासको क्षेत्रमा बसोबास गर्ने१८० परिवारको निमित्त फर्स्ट एड किट अन्य स्वंयसेवकहरुको सहकार्यमा बितरण गर्दा बिक्की पुलामीले नेतृत्व लिएका थिए ।

मकै हाउस अनलाईन टिभीको संस्थापक तथा कार्यक्रम संचालक भएको हैसियतले पनि टिभीको मार्फत डा. आशुतोष दासलाई आफ्नोकार्यक्रममा निमन्त्रणा गरी COVID-19 बारे जानकारी र सचेतना फैलाउन ठुलो सहयोग पुर्याएका पुलामीले पछी बिभिन्नब्यक्तित्वहरुलाई पनि आफ्नो कार्यक्रममा आमन्त्रण गरी सचेतना फैलाएका थिए । भने न्युयोर्कमा ब्यवसाय गरेर बसेका नेपालीब्यवसायहरुको अबस्थालाई पनि बाहीर ल्याएका थिए ।
कोभिड १९ को चरम अवस्थामा पुलामीले आफुले नेतृत्व गरी बनाएको समुह मार्फत होस् वा मकै हाउस टिभीको मार्फत होस्, न्युयोर्क रजर्सिसिटी बसोबास गर्ने नेपालीहरुको सहयोगार्थको निमित्त अहोरात्र सेवामा समर्पित भएको उक्त मानविय कार्यको उच्च मुल्यांकन गरीन्युयोर्क, ब्रुकलिन बोरो प्रेसिडेन्ट एरिक आडम्सले “COVID-19 HERO” साईटेसनबाट सम्मान गरेको हो ।