
क्यालिफोर्नियामा अचेत अबस्थामा अस्पताल पुर्याईएका सुमनको निधन
मकै हाउस न्युज, अमेरीका ब्युरो
नेपालको झापा, बिर्तामोड स्थायी घर भएका २७ बर्षिय सुमन पोखरेल चार वर्ष अघि मात्र डिभी भिषा मार्फत अमेरिका आएका थिए ।
अमेरिकाको क्यालिफोर्निया, सानफ्रान्सिस्को नर्थ इष्ट बे एरियामा केही समय देखि बसोबास गर्दै आएका पोखरेलको शनिबार दुखदनिधन भएको हो ।
समाचार स्रोतका अनुसार साथीको घरमा गएका पोखरेल सुतेको अवस्थामा अचेत भएपछि गएको बिहीबार साझ ओकल्याण्ड काइजरअस्पताल पुराइएको थियो । उपचारकै क्रममा उनको शनिवार बिहान निधन भएको अस्पतालले पृष्ठि गरेको एनआरएनए क्यालिफोर्नियाच्याप्टरले जनाएको छ ।भने मुत्युको कारण बारे केही खुलाइएको छैन ।
एनआरएनए अमेरीका क्यालिफोर्निया च्याप्टरले एक विज्ञप्ती जारी गदै पोखरेलको निधनले नेपाली समुदायलाई स्तब्ध बनाएकोजनाएको छ ।
दुई वर्ष अघि मात्र नेपाल गई विवाह गरेर आएका थिए । उनको श्रीमति र परिवार सबै नेपालमा छन् । पोखरेलको शब व्यवस्थापन रआवश्यक सहयोगका लागी वाइट जोन क्यालिफोर्नियाले ‘गोफन्ड’ खोली सहयोगको लागी आव्हान गरेको छ । उनको शब नेपालपठाउन अहिले पहल भइरहेको छ ।