Banner

महिलाहरुको नेतृत्वमा नेपाली अमेरीकन कलाकार संघ, अध्यक्षमा निशा सुनार

मकै हाउस न्युज, अमेरीका ब्युरो
नेपाली
अमेरीकन कलाकार संघ, नर्थ अमेरीकाको पाचौ अधिवेशन द्वारा  वरिष्ठ लोक तथा दोहोरी गायिका निशा सुनारको अध्यक्षतामा१७ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित भएको

क्विन्सको ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरमा सोमबार दिउसो १२ बजेबाट बन्द सत्रको कार्यक्रम हुदै सुरुवात भएकोअधिवेसनमा खुल्ला सत्र सुरु भएपछी एकै छिन बिबाद चर्किएको थियो बिवाद संगै बिपक्षी समुहले चुनाव सार्न माग राखेको थियो

एकै छिनको बिवाद पछी कार्यक्रमलाई अगाडी बढाउन निर्बाचन समितीलाई आग्रह गरेपछी निर्बाचन आयोग समितीका प्रमुख निर्बाचनआयुक्त सोमनाथ घिमिरे सदस्यद्वय मनिता गुरुंग बिष्णु राना मगरको संयु्क्त टोलीले चुनावको लागी अघि बढ्न आफुलेचाहेको पदमा उम्मेदवारी दिन समेत आव्हान गर्दै ३० मिनेटको समयाबधि तोकिएको थियो तोकिएको ३० मिनेटको समयाबधिमाकेन्द्रित हुदै कलाकार संघका सम्पुर्ण सदस्यहरुले आफुलाई पायक पर्ने पदकालागी उम्मेदवारी दिएका थिए

३० मिनेटको समयाबधि पछी प्रमुख निर्बाचन आयुक्त घिमिरेले अन्तिम पटक उम्मेदवारी दाखिला गर्न आग्रह गर्दै केही समय पछीउम्मेदवारीहरुको बिजयी उम्मेदबारी घोषणा गर्दा उम्मेदवारी दिएका सम्पुर्ण उम्मेदवारहरु निर्बिरोध बिजयी भएको घोषणा गरेका थिए

अधिवेसन पर्यवेक्षक समितीमा केशब राम राई, सुमन थाम्साहांग लिम्बु  नवराज केसी हुनुहुन्थ्यो

उम्मेदवारी दाखिला गरेका सम्पुर्ण सदस्यहरु निर्बिरोध बिजयी भएका थिए

नेपाली अमेरीकन कलाकार संघका नवनिर्बाचित पदाधिकारीहरुको नाम पद निम्नलिखित रहेको

प्रमूख संरक्षकअभय ढुगेल

अध्यक्ष :-  निशा सुनार (बिश्वकर्मा)

वरिष्ठ उपाध्यक्ष :- वसन्ती देवी राई

उपाध्यक्ष :- खडग . पुलामी (बिक्की पुलामी)

उपाध्यक्ष :- विमल डांगी

उपाध्यक्ष :- ईत्ना कार्की

उपाध्यक्ष :- राजेन्द्र राई

महासचिव :- संगिता थापा मगर

सचिव :- मधु कुमार गिरी

कोषाध्यक्ष :- पुष्कर वराल

सहकोषाध्यक्ष :- पुजा न्यौपाने

युवा संयोजक :- दिलिप कुमार श्रीस

केन्द्रिय सदस्य : – चिनियालाल श्रेष्ठ

केन्द्रिय सदस्य :- बुद्दीमान घिसिङ

केन्द्रिय सदस्य :-  पुष्पा बस्नेत

केन्द्रिय सदस्य :- नविन श्रेष्ठ

केन्द्रिय सदस्य :- माया राई

नेपाली अमेरीकन कलाकार संघका सम्पुर्ण नवनिर्बाचित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना मकैहाउस मिडिया परिवार टक्र्याउन चाहन्छ

Loading...